मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीनका यी निकै सुन्दर शिक्षिकाहरु जोसँग हरेक विद्यार्थी पढ्न चाहन्छन् (फोटोफिचर)

मङ्गलबार, ११ असोज २०७३, १४ : २०
मङ्गलबार, ११ असोज २०७३

दक्षिण पश्चिम चीनको छेङ्दुस्थित सिचुवान नर्मल युनिभर्सिटीका विद्यार्थीहरु आजकाल निकै मेहनतका साथ पढ्नुका साथै अतिरिक्त कक्षामा पनि समावेश भइरहेका छन् । उनीहरुले परीक्षामा राम्रो गर्न यसो गरेका भने होइनन् । आफ्ना निकै राम्री शिक्षिकाहरु हेर्नका लागि उनीहरुले यसो गरिरहेका छन् ।

निकै राम्री चिनियाँ शिक्षिकाहरुको १६ आकर्षक तस्बिरहरु चीनको सोसल मिडियामा निकै तहल्का मच्चाइरहेको छ । उनीहरुका यी तस्बिरहरु विश्वविद्यालयले नै पोष्ट गरेको हो । तीमध्ये थुप्रै शिक्षिकाहरुले उक्त विश्वविद्यालयमा फेसन एण्ड डिजाइनिङ पढाउने गर्दछन् भने कोही फोक डान्सर हुन् । यस्तैमा कोही भने नृत्य र संगीत सिकाउँछन् ।

विश्वविद्यालयको सोसल मिडियामा पब्लिसिटि डिपार्टमेन्टकी इन्चार्ज शूका अनुसार यी शिक्षिकाहरुलाई लोकप्रियता, शैक्षिक उपलब्धी र आकर्षकको आधारमा छानिनेछन् । उनी भन्छिन्, ‘सफल महिला शिक्षिकाहरु पुराना र कडा स्वभावका हुन्छन् भन्ने चीनियाँ सोचाइलाई परिवर्तन गर्न चाहन्छौं ।’ यी फोटोको पहिलो सिरिज हामीले मे महिनामा पोष्ट गरेका थियौं । निकै राम्रो प्रतिक्रिया पाएपछि हामीले सेप्टेम्बर १९ तारिखमा पुनः यसलाई अपलोड गरेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप