संसारमा पहिलो पटक तीन मानिस मिलेर एक बच्चा जन्माए
अमेरिकी वैज्ञानिकले संसारको पहिलो पटक तीन मानिस मिलेर एक सन्तानलाई जन्म दिन सफल भएका छन् । यो नयाँ प्रविधिमा बच्चाको भ्रुणमा तीन माता–पिताको डिएनए समावेश गरिएको छ । न्यू साइन्टिस्ट डट कमका अनुसार जोर्डनका एक दम्पत्तीले पाँच महिना पहिले मेक्सिकोमा आफ्नो यस अनौठो बच्चालाई जन्म दिएका छन् ।
उक्त कार्यमा संलग्न नभएका किंग्स कलेज लण्डनका डस्को इलिकले यसलाई निकै ठूलो समाचार बताएका छन् । ‘यो निकै ठूलो र उपलब्धिमूलक समाचार हो,’ उनी भन्छन्, ‘यो क्रान्तिकारी हो ।’
निकै विवादास्पद यो तरिकामार्फत स्वस्थ बच्चा जन्माउनका लागि दुर्लभ अनुवंशिक उत्परिवर्तनको अनुमती दिएको हुन्छ । यसलाई बेलायतमा मात्र कानुनी रुपमा स्विकृत गरिएको छ ।
वास्तवमा यसो गर्नुको पछाडि केही कारण छ । यो प्रक्रियामार्फत जन्माइएको बच्चाकी आमा लेघ सिन्ड्रोमबाट ग्रस्त थिइन् । यो रोगले स्नायू प्रणालीको विकास हुनबाट रोक्छ । आमामार्फत यो रोग उनका दुई सन्तानसम्म पुगिसकेको थियो जसका कारण उनीहरुको मृत्यु पनि भइसकेको थियो । यही रोगका कारण यी महिलाको चारपटक गर्भ तुहिएको थियो । त्यसकारण यी महिला र उनका श्रीमान्ले न्यूयोर्कस्थित न्यू होप फर्टिलिटी सेन्टरका डाक्टर जोन झाङसँग मद्दत लिए ।
यो प्रक्रियामार्फत रोगयुक्त माइटोकोन्ड्रिया आमाको जीनबाट हटाइयो । बेलायतको कानुनले स्विकारोक्ति दिएको यो प्रक्रियालाई ‘प्रोन्यूक्लियर ट्रान्सफर’ भनिन्छ जसमा आमाको ‘एग’ र दाताले दिएको ‘एग’लाई बुवाको शुक्राणुसँग मिलाइन्छ । जब ती दुबै ‘फर्टिलाइज्ड एग’ भ्रुणमा परिवर्तन हुन थाल्छ तब प्रत्येक ‘न्यूक्लियस’ लाई त्यहाँबाट निकालिन्छ । त्यसपछि दाताको ‘फर्टिलाइज्ड एग’ लाई हटाइन्छ र त्यसमा आमाको ‘फर्टिलाइज्ड एग’ राखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण