राती राम्रोसँग निन्द्रा लाग्दैन, कतै स्मार्टफोनको लत त लागेन ?
लगभग आधाभन्दा बढि वयस्कले सोसल मिडियामा अपडेट हुन वा व्यक्तिगत इमेल चेक गर्न मध्यरातमा स्मार्टफोनको प्रयोग गर्दछन् जसले उनीहरुको मिठो निन्द्रा खोसिरहेको बेलायतको एक अध्ययनले बताएको छ ।
यूके मोबाइल कन्जुमर सर्भे सन् २०१६का अनुसार बेलायती नागरिकहले एक दिनमा लाखौं पटक आफ्नो स्मार्टफोन हेर्ने गर्दछन् ।
राती स्मार्टफोन प्रयोग गर्नेमा वयस्कहरु बढि छन्, उक्त अध्ययनले बताएको छ । १८ देखि २४ वर्ष उमेर समूहका आधाभन्दा बढि उमेर समूहले मध्यरातमा आफ्नो स्मार्टफोन हेर्ने गर्दछन् । पाँचजना मध्ये एकजना वयस्कले आफ्नो मेसेज र सोसल मिडियाको नोटिफिकेसन मध्यरातमा चेक गर्ने गर्दछन् । सातजनामध्ये एकले मेसेजको उत्तर मध्यरातमा नै दिने गरेको अनुन्धानले बताएको छ ।
‘स्मार्टफोन व्यक्तिगत हुन्छ तर यसको प्रयोगले उनीहरुको वरिपरिको वातावरणलाई असर पुर्याइरहेको हुन्छ । प्रविधिको विकाससँगै उपभोक्ताहरुले स्मार्टफोनसँगै आफ्नो जीवन कसरी व्यतीत गर्ने भन्ने कुरा सिक्नुपर्छ । प्रविधिले जीवनलाई प्रभावित पार्न दिनुहुन्न,’ अनुसन्धानकर्ताले बताए ।
१० मध्ये १ जनाले उठ्ने बित्तिकै आफ्नो स्मार्टफोन खोज्दछ । तीनजना मध्ये एकजनाले उठेको पाँच मिनेटमा आफ्नो फोन खोज्छ, मल्टिनेशनल प्रोफेसनल सर्भिस फर्म डेलोइटले बतायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतङ्क मच्चाएको आरोप
-
एकै परिवारका तीन बालबालिकाको डुबेर मृत्यु
-
ढोरपाटन–तकसेरा सिधा सडक सञ्चालनमा
-
‘जनधनको क्षति न्यूनीकरणका लागि सरकार तयारीमा अवस्थामा छ’
-
दीपाश्री बिरामी भएपछि अब के हुन्छ ‘कमेडी नाइट विथ च्याम्पियन’ ?
-
गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण