विज्ञका कुरा : सुनका गहनाको सुरक्षा
शुक्रबार, १४ असोज २०७३, १५ : ०५
चाडबाड नजिकिँदै गर्दा ड्रेसअपमा धेरैको चासो हुने गर्छ । महिलाहरू भने ड्रेसअपसँग म्याचिङ गर्ने गहनामा पनि विशेष ध्यान दिन्छन् । सुनका महँगा गहना वर्षैपिच्छे बनाउन पनि सम्भव हुँदैन । यस्तोमा पहिले नै बनाएर राखिएका गहना प्रयोग गर्नु नै उत्तम विकल्प हो । तर, आवश्यक सुरक्षाको उपाय नअपनाउँदा महँगा गहनाको चमक घट्नसक्छ । सुनका महँगा गहना सुरक्षित राख्न अपनाउनुपर्ने सावधानीका विषयमा नेपाल सुनचाँदी कला व्यवसायी संघका उपाध्यक्ष घनश्याम रिजालका सुझाब यस्ता छन् :
-
कपालमा मेहदी, हेयर कलर वा अन्य केमिकल प्रयोग गर्दा लगाएका सम्पूर्ण गहना फुकालेर राख्नुपर्छ ।
-
साबुन या तेलको प्रयोगले गहनाको चमक कम गराउँछ । त्यसैले सम्भव भएसम्म गहना फुकालेर मात्रै शरीरमा साबुन, तेल लगाउने बानी गर्नुपर्छ ।
-
गहनालाई सुरक्षित राख्न मलमल वा कटनको कपडाले बेरेर राख्नुपर्छ । यसो गर्दा गहना कालो हुन पाउँदैन ।
-
गहनाको सफाइ गर्दा सधैँ नरम कपडा मात्रै प्रयोग गर्नुपर्छ ।
-
सुनका गहना घरमै सफाइ गर्ने तयारीमा हुनुहुन्छ भने त्यसलाई बढी घोट्नु वा रगड्नु हुँदैन । यसो गर्दा गहनाको बुट्टा भाँचिने तथा बिग्रने हुनसक्छ ।
-
महँगा गहनाको सफाइ आफैँले गर्न सकिन्न भन्ने लागेमा सुनका गहना बनाउने स्थानमा लानु नै उपयुक्त हुन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतङ्क मच्चाएको आरोप
-
एकै परिवारका तीन बालबालिकाको डुबेर मृत्यु
-
ढोरपाटन–तकसेरा सिधा सडक सञ्चालनमा
-
‘जनधनको क्षति न्यूनीकरणका लागि सरकार तयारीमा अवस्थामा छ’
-
दीपाश्री बिरामी भएपछि अब के हुन्छ ‘कमेडी नाइट विथ च्याम्पियन’ ?
-
गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण