आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बच्चा जन्माउने योजना बनाएपछि के गर्ने ? पढ्नुहोस्, डाक्टरका १६ टिप्स

शुक्रबार, १४ असोज २०७३, १५ : ११
शुक्रबार, १४ असोज २०७३
१. गर्भवती हुने प्रयास गर्ने वेलादेखि नै फोलिक एसिड चक्की सेवन गर्नुपर्छ । यसले बच्चाका अंगहरूको विकासलाई सहयोग गर्छ । २. गर्भाधान गर्नुअघि मधुमेह, उच्च रक्तचाप, दम, थाइराइड हर्मोन, छारेरोग, मुटुको रोग छ भने त्यस्ता रोगलाई नियन्त्रणमा राख्नु आवश्यक हुन्छ । ३. बारम्बार गर्भपतन भइरहने महिलाले राम्रोसँग सबै परीक्षण गराएर मात्र गर्भवती हुनु राम्रो हुन्छ । ४. गर्भवती भएको थाहा पाउनासाथ स्वास्थ्य संस्थामा जँचाउने । ५. दआफूखुसी औषधि सेवन नगर्ने, सरसफाइमा विशेष ध्यान दिने र घरमा बनाएको खाना मात्र खाने । ६. प्रत्येक दिन कम्तीमा दुई गिलास दूध, फलफूल, हरियो सागपात, उम्रेको गेडागुडी खाने । ७. धेरै बेर खाली पेट नबस्ने, छिनछिनमा थोरै–थोरै खाइरहने । ८. धुम्रपान, मद्यपान नगर्ने र अरूले गरेको स्थानमा पनि नबस्ने । ९. गह्रुँगो भारी नबोक्ने, सवारीसाधन आफैँ नहाँक्ने, लामो दूरीको यात्रा नगर्ने । १०. दिउँसो कम्तीमा दुई घन्टा आराम गर्ने, मानसिक तनाव नलिने । ११. सुत्दा सकेसम्म देब्रे कोल्टे फर्किएर सुत्ने, लामो समय उभिएर काम नगर्ने, खुट्टा झुन्ड्याएर नबस्ने । १२. सुतेर उठ्दा पहिले कोल्टे फर्कने अनि मात्र उठ्ने । १३. सुरुको दुई महिना र अन्तिम महिनामा यौनसम्पर्क नराख्दा राम्रो हुन्छ । १४.गर्भावस्थाका कारण उच्च रक्तचाप वा मधुमेह देखापर्न सक्छ । थाइराइड हर्मोन कम भएका महिलाले थाइराइडको औषधि सेवन नगरेमा जन्मने बच्चा सुस्त मनस्थितिको हुनसक्छ । १५. बच्चा ठाउँमा भए/नभएको, राम्रो विकास भए/नभएको वा बच्चाको संख्या थाहा पाउन ६ देखि आठ हप्तामा अल्ट्रासाउन्ड जाँच गराउनुपर्छ । १६. बच्चा अपांगता भए/नभएको हेर्न १८ देखि २० हप्तामा पुनः अल्ट्रासाउन्ड गर्नुपर्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप