वीपी स्मृति दिवसमा कांग्रेसका समानान्तर कार्यक्रम
सारांश
- साउन ६ गते वीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसका संस्थापन र इतर समूहले छुट्टाछुट्टै कार्यक्रम गर्ने भएका छन् ।
- संस्थापन समूहले 'जरा अभियान' र सदस्यता अभियानको यो चरणको समापन कार्यक्रम गर्नेछ भने इतर समूहले प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गरी राष्ट्रिय भेला आह्वान गर्नेछ ।
- इतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टी विभाजनको तयारी नभएको बताए पनि दुवै समूहबीच विवाद समाधानका लागि प्रयास नभएको देखिन्छ ।
काठमाडौँ । साउन ६ गते वीपी स्मृति दिवसमा नेपाली कांग्रेसका दुई समूहले समानान्तर कार्यक्रम आयोजना गर्ने निश्चित भएको छ । संस्थापन र इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला) समूहले छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्ने निर्णय गरेका हुन् ।
संस्थापनले संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ र सदस्यता अभियानको यो चरण साउन ६ गते जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवसको अवसर पारेर जिल्ला कार्यसमितिहरूको आयोजनामा व्यापक सहभागितासहित औपचारिक समापन कार्यक्रम गर्ने तय भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
‘हामीले साउन ६ गते ४४ औँ वीपी स्मृति दिवसको अवसर पारेर अहिले सञ्चालित जरा अभियान र सदस्यता अभियान दुवैको यो चरणलाई समापन गर्दैछौँ,’ महामन्त्री पौडेलले रातोपाटीसँग भने, ‘त्यो दिन ७७ जिल्लामा कार्यक्रम हुन्छ । यो चरणको वितरण र अध्यावधिक समापन हुन्छ । जरा अभियानको कार्यक्रम समापन हुन्छ । यो पहिल्यै तय गरेको कार्यक्रम हो, त्यसअनुसार हुन्छ ।’
यता इतर समूहका पूर्व पदाधिकारीहरूको शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले वीपी स्मृति दिवसमा प्रज्ञा प्रतिष्ठानका कार्यक्रम गर्ने निर्णय गरेको छ । नेता डा.प्रकाशशरण महतले कार्यक्रम गर्ने निर्णय भएको र त्यही कार्यक्रमबाट राष्ट्रिय भेला आह्वान हुने जानकारी दिए । ‘साउन ५ गते प्रज्ञा प्रतिष्ठानका कार्यक्रम गर्ने निर्णय हामीले गरिसकेका छौँ,’ डा.महतले रातोपाटीसँग भने, ‘त्यसैदिन राष्ट्रिय भेला आह्वान गछौँ ।’
पार्टी विभाजन हुन लागेको हो भन्ने रातोपाटीको प्रश्नमा महतले आफूहरू वार्ता र सम्वादका लागि तयार रहे पनि संस्थापन पक्षले त्यति चासो नदिएको बताए ।
‘हामी त पार्टी एक होस् भन्ने चाहन्छौँ । वार्ता र सम्वादबाट समस्याको समाधान खोजौँ भनिरहेका छौँ तर, संस्थापनले त्यो नचाहेकोजस्तो देखिएको छ । अहिले नै विभाजन हुने भन्ने तयारी त छैन,’ नेता महतले भने ।
पछिल्लो समय विवाद समाधानका लागि त्यति प्रयास संस्थापन र इतर समूहका नेताहरूबाट भएका देखिन्नन् । त्यसले नेता कार्यकर्ता कांग्रेस विभाजन हुन्छ कि भन्नेमा छन् । तर, नेताहरू भने विभाजन हुन लागेको भन्ने औपचारिक रूपमा स्वीकार्दैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
-
सुकुमबासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतङ्क मच्चाएको आरोप
-
एकै परिवारका तीन बालबालिकाको डुबेर मृत्यु
-
ढोरपाटन–तकसेरा सिधा सडक सञ्चालनमा
-
‘जनधनको क्षति न्यूनीकरणका लागि सरकार तयारीमा अवस्थामा छ’
-
दीपाश्री बिरामी भएपछि अब के हुन्छ ‘कमेडी नाइट विथ च्याम्पियन’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण