आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

सुत्दा सुत्दै कम गर्नुहोस् आफ्नो तौल, थाहा पाउनुस् ६ साधारण तरिका

शुक्रबार, १४ असोज २०७३, १६ : ०७
शुक्रबार, १४ असोज २०७३

के सुतेरै तपाईंको तौल कम होला ? हुनसक्छ तर यसका लागि तपाईंले केही नियमको पालना गर्नुपर्छ । यसको सबैभन्दा ठूलो नियम निकै राम्रो र आनन्दको निन्द्रा हो । राम्रो निन्द्रा कसरी लाग्छ, यसको लागि हामीले केही काम गर्नुपर्छ, आज हामी तपाईंलाई यही विषयमा कुरा गर्दै छौं ।

१. चिसोः सुत्ने बेला कोठालाई चिसो राख्नुहोस् । यदि एसी छ भने कम तापक्रममा चलाउनुहोस् ।

यसो गरे के हुन्छ ? राती सुत्ने बेला तापक्रम जति चिसो राख्नुहुन्छ, पेटको बोसो कम गर्न त्यति नै सहयोग मिल्छ । चिसो तापक्रममा शरिरलाई न्यानो राख्नका लागि शरिरमा जमेको बोसो बर्न हुन्छ जसले तौल घट्न मद्दत गर्दछ । (डायबिटिज जर्नल)

२. प्रोटिन शेकः सुत्नुभन्दा पहिले प्रोटिन शेक पिउनुहोस् । बेलुकाको खानामा पनि प्रोटिन भएको खाना खानसक्नुहुन्छ ।

कसरी काम गर्छ ? सुत्नुभन्दा पहिले प्रोटिन शेक पिउँदा शरिरले यसलाई पचाउनका लागि धेरै क्यालोरी बर्न गर्दछ । यसका साथै बिहान उठ्दा पनि शरिरमा मेटाबोलिजमको रेट उच्च हुन्छ जसले तौल घट्नमा मद्दत गर्दछ । (फ्लोरिडा स्टेट युनिभर्सिटीको अध्ययन)

३. मिन्टः सुत्नुभन्दा पहिले कोठामा मिन्टको बास्ना भएको मैनबत्ती बाल्नुहोस् अथवा मिन्ट ओयल तकियामा लगाउनुहोस् ।

कसरी गर्छ काम ?

मिन्टको बास्नाले तौल घटाउन सहयोग गर्दछ । यदि दिनमा पनि हरेक दुई घण्टामा मिन्टको बास्ना लिइन्छ भने यसले तौल घट्नमा सहयोग गर्दछ । (जर्नल अफ न्यूरोलोजी एण्ड अर्थोपेडिक मेडिसिनको अध्ययन)

४. एमिनो एसिडः एमिनो एसिडको स्रोत भएको खानेकुरा जस्तै माछा, चिकन, बदाम, दाल, अण्डालगायतका खानेकुरा आफ्नो डाइटमा समावेश गर्नुहोस् ।

कसरी गर्छ काम ? एमिनो एसिडले गहिरो निन्द्रा लाग्न सहयोग गर्दछ । यो खाना बेलुकाको खानामा समावेश गर्दा राम्रो निन्द्रा लाग्छ जसले तौल कम हुन मद्दत गर्दछ । (प्राग्रामिङ एण्ड अपरेसन्स जनरल)

५. अध्याँरो कोठाः नाइट लाइटको प्रयोग नगर्नुहोस् । सुत्दा कोठालाई पूर्ण रुपमा अँध्यारो राख्नुहोस् । के हुन्छ ? नाइट लाइटमा सुत्दा निन्द्रा खल्बलिन्छ । गहिरो निन्द्रा कम लाग्दा तौल बढ्छ । शरिरमा बन्ने मेलाटनिन हर्मोन निन्द्रा लाग्न मद्दत गर्दछ । (द अमेरिकन जर्नल अफ इपिडिमियोलोजीको रिपोर्ट)

६. डिनर टाइमः राती ८ बजेसम्म डिनर खाइसक्नु । सुत्नु दुई घण्टा अघि खान बन्द गर्नुहोस् । के हुन्छ ? दिनमा यदि गरिष्ठ भोजन गर्नुहुन्छ भने पनि राती ८ बजेभन्दा ढिला नखाँदा सुत्ने बेलासम्म तौल कम गर्न मद्दत गर्दछ । सुत्नुभन्दा पहिले खाएको खाना ट्राइग्लिसराइड्समा परिवर्तन हुने गर्दछ जसले तौल बढाउँदछ । (जर्नल सेल मेटाबोलिजमको रिपोर्ट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप