आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

गोरी हुन मनलाग्छ ? आजबाटै नखानुहोस् यी ७ खाना

आइतबार, १६ असोज २०७३, १२ : २३
आइतबार, १६ असोज २०७३
धेरैले सुन्दरताको वर्णन गर्दा गोरो अनुहारलाई मुख्य मान्छन् । सबैजसो मानिसहरुलाई राम्रो बन्न मनलाग्ने भएकाले सबैले सेतो छालालाई नै चाहन्छन् । हुन त गोरो छाला जन्मजात नै पाइने कुरा हो । तर तपाईंको खानपिनको व्यवहारले पनि तपाईंको छालालाई कालो बनाइरहेको हुन्छ भन्दा सायद तपाईंलाई अचम्म लागेको होला । तर यस्ता केही खानेकुरा छन् जसले छालाको तन्तुमा नकारात्मक असर पर्दछ । यिनीहरुले छालालाई खराब गर्दछ र अनुहारको चमकमा कमी ल्याउँछ । यसका साथै डन्डिफोरको समस्या पनि निम्त्याउँछ । आज हामी तपार्ईंलाई यस्तै खानाबारे जानकारी दिँदैछौं । १. स्पाइसी फुडः यसले शरिरको तापक्रम बढाउँछ जसले रक्तवाहिनी फैलाउँछ । यसैका कारण कम्प्लेक्सन डार्क हुनथाल्छ । २. कफीः यसमा पाइजे क्याफिनले स्ट्रेस हर्मोनजस्ता कार्टिसोलको लेभल बढाउँछ जसका कारण छाला बिस्तारै बिग्रन्छ । यो क्रम बढ्दै गए तपाईंको फेयरनेसमा कमी आउँछ । ३. ह्वाइट ब्रेडः यसले इन्सुलिनको लेभललाई बढाउँछ जसले छालामा तेलको उत्पादनमा वृद्धि गर्दछ । यसैका कारण फेयरनेस कम हुन्छ । ४. तारेको खानाः यसमा फ्याटको मात्रा अत्यधिक हुन्छ जसले रक्तसंचारमा कमी ल्याउँछ र छालामा पर्याप्त मात्रामा अक्सिजन प्रवाह हुदैन । यसले पनि छाला कालो बनाउन सहयोग गर्दछ । ५. पेय पदार्थः यसमा चीनिको मात्रा बढी हुन्छ र स्वस्थ छालाको लागि चाहिने फाइबर नहुने भएकाले रक्तसंचारमा कमी ल्याउँछ । ६. चीनिः यसले रगतको चीनिको मात्रालाई बढाउँछ जसले स्किन टिस्युजजस्ता कोलेजन खराब हुन्छ र फेयरनेसमा कमी आउँछ । ७. रक्सी/बियरः यो पिउँदा पिसाब धेरै लाग्छ र शरिरमा पानीको कमी हुन्छ । यसले छालाको तन्तुलाई खराब गर्दछ र छाला बिस्तारै कालो हुने गर्दछ । यी खानेकुरा खानुहोस्ः केरा केरा भिटामिन ए, बी र इले भरपूर हुन्छ । यसले छालालाई जवान बनाउनुका साथै चम्किलो पनि बनाउँछ । कागती पानीः भिटामिन सी र एसिडले स्किनलाई ब्लिच गरेर गोरो बनाउँछ । यसले चाउरीपना र ब्ल्याकहेडलाई कम गर्न मद्दत गर्दछ । गोलभेडाः यसमा पाइने लाइकोपिनले छालाको फेयरनेस बढाउँछ । यसले तौल कम गर्न पनि सहयोग गर्दछ । गाजरः यसमा भिटामिन सी र क्यारोटिन पाइन्छ । गाजर र गाजरको जुस पिउँदा छाला र कपाल दुबै स्वस्थ हुन्छ । डार्क चकलेटः यसले छालाको बनावटलाई निकै राम्रो बनाउँछ । यसले अल्ट्राभेयलेट किरणबाट पनि बचाउँछ । चकलेटमा पाइने कोको पोलिफेनाल्स र फ्लोवोजाइड्सले छालालाई गोरो बनाउन सहयोग गर्दछ । ग्रीन टीः ग्रीन टीको नियमित सेवनले छालामा भएको दाग धब्बा हटाउन सहयोग गर्दछ । यसका साथै ट्यानिङलाई हटाएर छाला नरम हुन सहयोग गर्दछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप