आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

वास्तुशास्त्रका कुरा: घरमा कुन दिशामा के राख्ने ?

आइतबार, १६ असोज २०७३, १५ : ०२
आइतबार, १६ असोज २०७३

भवन भनेको अर्धचेतन मन हो । यसको बाहिरी दुनियाँ र भित्री दुनियाँ जोड्ने मुख्य ढोकाबाट छिरेपछि अर्धचेतनसँग नजिक हुन्छ ।

ढोकाभन्दा बाहिर चेतन मनले काम गरिरहेको हन्छ । त्यस्तै, भित्र अर्धचेतन मनले काम गर्छ । त्य

सैले घरभित्र राखिएको सांकेतिक चिह्नसँग हाम्रो अर्धचेतन मनको सम्पर्क भइरहन्छ । यस्तो वास्तु सामग्रीले निकै महत्वपूर्ण भूमिका खेल्छ ।

कतिपय घरमा राखिएको सामग्रीकै कारण कलह हुने, सम्बन्ध बिग्रनेजस्ता समस्या हुन सक्छ ।

घरमा शान्त र सुन्दर वातावरण कायम गर्न के कुरा कहाँ राख्ने भन्नेमा सचेत हुनुपर्छ । यसलाई हामी वास्तु प्रोग्रामिङ भन्छौँ ।

वास्तु प्रोग्रामिङ सही बनाउन सकिएमा पारिवारिक सुखशान्ति तथा सकारात्मक सोचको विकास गर्छ । धनसम्पति तथा कुनै राम्रो मौकाको खोजी गरिरहेकाहरूले उत्तर दिशामा कुबेरको फोटो वा मूर्ति राखेको खण्डमा धनवृद्धि हुन थाल्छ ।

लक्ष्मीले धन दिने भए पनि समृद्धि प्राप्त गर्न भने कुवेरको प्रोग्रामिङ गर्नुपर्छ । पूर्वमा इन्द्रको मूर्ति वा फोटो राख्नाले सामाजिक सम्बन्ध गाढा बनाउँछ ।

राजनीतिक अवसर वृद्धि गर्न, नेटवर्किङ व्यवसायजस्ता काम गर्नेले पूर्वमा इन्द्र राख्नु फाइदाजनक हुन्छ ।

दक्षिणमा रातो हात्तीको मूर्ति राख्नाले मान–सम्मानको वृद्धि हुुन्छ । पश्चिमको टेबलमा चेसबोर्ड राख्नाले धन कमाउने नयाँ–नयाँ आइडिया दिमागमा फुर्न लाग्छ ।

यसले धन कमाउने विभिन्न उपायको ज्ञान दिन्छ । पूर्व र दक्षिण–पूर्वका बीचमा सेता र कालो खरायोको जोडी राख्नाले दिमाग मन्थन हुन थाल्छ ।

यसले विद्यार्थी तथा अभिभावक दुवैको व्यक्तिगत तथा व्यावसायिक जीवनलाई फाइदा हुन्छ ।

दक्षिण र दक्षिण–पश्चिमको बीचमा पहेँलो रङको घडा राख्नाले घरमा खर्च कटौती हुन थाल्छ । जसले गर्दा बचतमा वृद्धि हुन्छ।

दक्षिण–पश्चिममा लभबर्ड राख्नाले दम्पतीको सम्बन्धमा सुधार आउँछ । यसले पति–पत्निबीचको दूरीलाई कम गराएर मायालु वातावरण कायम गराउँछ ।

दक्षिण–पश्चिम र पश्चिमको बीचमा पेन्सिल तिखारेर राख्नाले घरको मूली व्यक्तिको दिमाग तेज गराउँछ । उत्तर–पश्चिममा खुकुरी राखेको खण्डमा मुद्दा–मामिलामा सफलता प्राप्त हुन्छ । शत्रुनाश हुन्छ । यही दिशामा सेतो घोडाको जोडी राखेमा आर्थिक समस्या समाधान हुन्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप