भगवानको आदेश पाएको भन्दै १८ वर्षदेखि खाल्डो खन्दै यी व्यक्ति (भिडियोसहित)
वेस्टर्न एल सालभाडोरका ६९ वर्षीय सान्टियागो सान्चेजले विगत १८ वर्षदेखि खाल्डो खनेरै आफ्ना दिनहरु व्यतित गरिरहेका छन् । १८ वर्ष पहिले सान्टियागोलाई भगवानले यसो गर्न आदेश दिएपछि उनले एक दिनपनि खाली नबसी खाल्डो खनिरहेका छन्, निरन्तर ।
स्रोतका अनुसार समाचार संकलनका लागि एक पत्रकार यो टनेलभित्र छिर्दा उनी यसको अन्त्यमा पुग्नुभन्दा पहिले नै फर्कनुपर्यो, सास फेर्न नसकेकाले । त्यसकारण यो टनेल कति लामो छ, यसबारे कसैलाई पनि थाहा छैन ।
अडिटी सेन्ट्रलका अनुसार प्रत्येक बिहान ३ बजे सान्टियागो आफूले खनेको खाल्डोभित्र जान्छन् र लगभग दुई दशक अगाडि खन्न सुरु गरेको उक्त खाल्डोलाई पुनः खन्छन् । दिन ढल्किएपछि उनी त्यहाँबाट निस्किन्छिन् । आफ्नो बाँकी जीवनको प्रत्येक समय यो अचम्मको प्रोजेक्टलाई खर्चिने उनले कसम नै खाएका छन् । ती पेन्सनरका अनुसार १८ वर्ष पहिले उनलाई भगवानले खाल्डो खन्न सुरु गर्नु भन्ने आदेश दिएका थिए । भगवानको आदेशलाई उनले मनमा लिए, त्यतिबेलादेखि उनी एक दिन पनि रोकिएका छन् ।
‘मैले अहिले जे गरिरहेको छु, त्यो आध्यात्मिक रहस्योद्घाटन हो,’ सान्टियागोले स्थानीय टिभी स्टेसनलाई बताए । उनको कामलाई धेरैले आलोचना गरेपनि, उनीमाथि हाँसेपनि, पागल भनेपनि सान्टियागो आफ्नो काममा दत्तचित्त भएर लागिपरेका छन् । यद्यपी, उनी आफैं यसको उद्देश्यबारे अनभिज्ञ छन् । ‘भगवानले मानिसलाई के आदेश दिन्छन्, त्यो कसैलाई थाहा हुँदैन,’ उनले थपे ।
युनिभिजनका पत्रकार अर्नेस्टो रिभाज केही दिन अघि मात्र १८ वर्षमा सान्चेजको टनेल कति लामो भयो भन्दै अवलोकन गर्न गए तर आधाआधीमै उनलाई सास फेर्न यति गाह्रो भयो कि उनले त्यहाँबाट फर्कनुपर्यो । यो कुराले सान्टियागोलाई अचम्मित पारेन । उनले भने, ‘अन्त्यसम्म मलाई मात्र जान अनुमती छ किनभने म भगवानको टनेल खन्ने मानिस हो । त्यहाँसम्म जान कसैलाई पनि अनुमती छैन ।’
भगवानबाट अर्को सन्देश नआएसम्म आफूले यो कार्यलाई निरन्तर राख्ने सान्टियागोको भनाई छ । यो कार्य समाप्त गरेपछि उनलाई भगवानले उपहारसमेत दिने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण