मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अचम्मः ‘ब्रेकअप’ पछि झर्यो सबै कपाल, नयाँ प्रेमी पाएपछि फेरी पलायो

सोमबार, १७ असोज २०७३, १२ : ३०
सोमबार, १७ असोज २०७३

लण्डन । तनावले थुप्रै प्रकारको रोगलाई जन्म दिन्छ । तनावमा परेपछि कसैलाई निन्द्रा लाग्दैन त कसैलाई भोक । तर एक महिलाको दाबी अुनसार सम्बन्धमा भएको तनावका कारण उनको शिरको सबै कपाल झरेको छ । र केही महिना पहिले नयाँ प्रेमी पाएपछि पुनः उनको टाउकोमा कपाल पलाउन सुरु गरेको छ ।

सुपरमार्केटकी असिस्टेन्ट एशलीग अलौतेबीका अनुसार दुई वर्ष पहिले उनको कपाल झर्न सुरु भएको थियो । उनी भन्छिन्, ‘डाक्टरले मलाई एलोपेशिया भएको बताए । यसको कारण तनाव नै भएको डाक्टरले मलाई सुझाए ।’

शेफिल्डमा बस्ने अलौतेबीका अनुसार फेब्रुअरी सन् २०१५ सम्म उनको शिरको ९५ प्रतिशत कपाल झरिसकेको थियो । त्यसताका उनी आफ्नो प्रेम सम्बन्धमा रहेको तर उक्त सम्बन्धमा तनाव निकै बढिरहेको उनले बताइन् । उनी भन्छिन्, ‘त्यतिबेला मैले आत्महत्याबारे पनि सोच्न थालेकी थिएँ ।’

उनका अनुसार हरेक झरेको कपालसँगै उनको आत्मविश्वास पनि झर्दै गएको थियो । पूर्व प्रेमीले छोडेपछि सन् २०१५ को अप्रिलमा उनको भेट डेलिभरी ड्राइभर जोन रबिनसनसँग भयो । ती प्रेमीबाट पाएको प्रेम र आत्मविश्वासले चार महिनामा उनको कपाल पुनः एकपटक पलाउन थाल्यो ।

उनको कपाल पहिले भन्दा निकै राम्रो भएको बताउने उनी यसको सबै श्रेय जोनबाट पाएको खुसीलाई दिन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप