असाध्यै ‘कालो र राम्रो’ वर्णले इन्टरनेटमा सनसनी मच्चाउने यी मोडल
अस्वभाविक कालो वर्ण भएका कारण इन्टरनेटमा सनसनी मच्चाउन सफल सेनेगली फेसन मोडल खाउदिया डिओप हुन् जसले सुन्दरताको परिभाषालाई पूर्ण रुपमा परिवर्तन गरिदिएकी छिन् ।
मोडल खाउदियाले इन्स्टाग्रामको ह्यान्डल मेलानिन डट गडेसमा रंग अभियानमा भाग लिएका तस्बिरहरु पोष्ट गरेपछि उनी एकाएक चर्चित बनेकी हुन् । उनको तस्बिरमा धेरैजसोले निकै राम्रा प्रतिक्रिया दिएका छन् । मानिसहरु उनको अपत्यारिलो प्राकृतिक सुन्दरता र अचम्मको छालाको रङमा पागल भएका छन् जसले उनीमाथि तारिफको वर्षा नै गराएका छन् ।
अहिले निकै सशक्त मोडल खाउदियाले उनको छालाको रङका कारण कुनै बेला आफूले निकै अत्याचार सहनु परेको स्विकारेकी छिन् । ‘डार्की’, ‘डटर अफ नाइट’, ‘मदर अफ स्टार्स’ जस्ता उपनाममाथि फेसबुकमा प्रश्न सोध्दा उनको उत्तर थियो, ‘मलाई जिस्काउने मानिसहरुले यी उपनामसहित मलाई जिस्काउँथे यो सोचेर कि यो उपनामले मलाई नराम्रो लाग्ला तर अन्दाज गर्नुहोस्, मलाई ती सबै नाम मनपर्छज् । मलाई यस्ता कुराले छुनै सक्दैन भनेर देखाउनका लागि पनि मैले यी उपनामको प्रयोग गर्दै आएकी छु । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण