मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आखिर किन यी तीन गभर्नर ‘गर्भवती’ भएर भिडियो सुट गराइरहेछन् ?

मङ्गलबार, १८ असोज २०७३, १२ : ३२
मङ्गलबार, १८ असोज २०७३

जापानका तीन भिन्न प्रान्तका तीन पुरुष गभर्नरले कामकाजी महिला र गृहिणीहरुको समर्थन गर्दै ‘प्रेगनेन्सी भेस्ट’ लगाउँदै पुरुषहरुलाई घरको काममा सहयोग गर्न आग्रह गरेका छन् ।

सागा प्रान्तका गभर्नर योसिनोरी यामागुची, मियाजाकी प्रान्तका सन्जी कोनो र यामागुची प्रान्तका सुगुमासा मुराओका तीनैजनाले क्युसु यामागुची वर्क–लाइफ प्रोमोसन अभियानमा भाग लिँदै ‘प्रेग्नेन्सी भेस्ट’ लगाएका हुन् ।

जापानका सबै कामकाजी पुरुषलाई आफ्नो अफिसको कामसँगै घरको काममा पनि सहयोग गर्ने उत्प्रेरणासहित उक्त टेलिभिजन विज्ञापन अभियान चलाइएको हो ।

यी तीन क्षेत्रीय नेताहरु ‘यी गभर्नर गर्भवती महिला हुन्’ भन्ने भिडियो टाइटलमा देखा परेका छन् जुन यो हप्ता सार्वजनिक भएको थियो । उक्त ७ केजीको ‘प्रेग्नेन्सी भेस्ट’ले सात महिनाको गर्भलाई दर्साउँछ ।

तीन मिनेटको उक्त भिडियोमा गभर्नरहरुलाई सुपरमार्केटमा सामान छान्न, निहुरन, कारभित्र छिर्नलगायतका सामान्य काम गर्न संघर्ष गरिरहेको देखाइएको छ । एकजना गर्भनरले मोजा लगाउन जति प्रयास गर्दा पनि नसकेको पनि देखाइएको छ ।

उक्त भिडियोमा पुरुषहरुले भाँडा माझ्ने, भ्याक्युम लगाउनेजस्ता घरभित्रको सबै काम गरिरहेको देख्न सकिन्छ । यसले भिडियो हेर्ने पुरुषलाई महिलाले कस्तो कस्तो अवस्था पार गर्नुपर्छ भन्ने कुरा देखाउन खोजेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप