दसैँ बिदामा बच्चालाई के सिकाउने ?
मङ्गलबार, १८ असोज २०७३, १४ : ४१
स्कुल जाने बच्चाहरूलाई दसैँको लामो बिदा सुरु भइसकेको छ । यो बिदामा केटाकेटीहरू खेल्ने तथा रमाइलो गरेर नै बिताउन चाहन्छन् । तर, उनीहरूलाई यो समयको सही सदुपयोग गरेर खेलसँगै क्षमता वृद्धि गराउने कलाहरू सिकाउन सकिन्छ । यस्तो समयमा अभिभावकहरू पनि कामको व्यस्तताले गर्दा बच्चाहरूलाई समय दिन पाइरहेका हुँदैनन् । छुट्टीको समयमा आफ्ना बच्चाहरूसँगै अभिभावकहरू पनि रमाउँदै केही नयाँ सिकाउन सकिन्छ । नयाँ सीप तथा कला सिकाउन यस्तो तरिका अवलम्बन गर्न सकिन्छ ।
१. अभिभावक तथा बच्चाहरू घरैमा हुने कारण सँगै बस्ने समय पर्याप्त हुन्छ । त्यसलाई सदुपयोग गर्दै उनीहरूसँग खेल्ने तथा रमाइलो गर्ने गर्दा बच्चाहरू खुलेर अभिभावकसँग मनको कुरा व्यक्त गर्ने हुन्छन् ।
२. उनीहरूलाई खेलकै माध्यमद्वारा राम्रो र नराम्रो बानी तथा विषयका बारेमा जानकारी दिन सकिन्छ । राम्रो व्यवहारको विकास गराउन प्रेरणदायी कथा बनाएर सुनाउनु उपयुक्त हुन्छ ।
३. दसैँको वेला घर, कोठा र वरपर सरसफाइ गरिन्छ । यस्तो कार्यमा उनीहरूलाई पनि सक्रिय सहभागिता गराउन सकिन्छ । यसले उनीहरूलाई सरसफाइसम्बन्धी चेतनाको अभिवृद्धि हुनाका साथै मिलेर काम गर्ने भावनाको पनि विकास हुन्छ ।
४. छुट्टीका समयमा प्रायः बच्चाहरू आफ्नो पढाइ बिर्सने गर्छन् । त्यसैले उनीहरूलाई बिहान तथा बेलुका हरेक दिन निश्चित समय अध्ययन गर्ने तालिका भने बनाउनुपर्छ ।
५. छुट्टीमा बच्चाहरूलाई घरमा चित्र बनाउन, अक्षर सुधार्न, नयाँ–नयाँ कथाको किताब पढ्ने बानी बसाल्नुपर्छ । साथै, पिठो मुछेर पढाइसँग विभिन्न सम्बन्धित आकार बनाउन, मूर्ति बनाउनमा सहभागी गराउँदा पनि उनीहरू रमाइलो मान्दै खेल्दै धेरै कुरा सिकिरहका हुन्छन् ।
६. किनमेलमा जाँदा बच्चालाई पनि सँगै लिएर जानु राम्रो हुन्छ । यस्तो गर्नाले उनीहरूमा पैसाको महत्वका साथै आफूलाई आवश्यक सामान मात्र किनमेल गर्ने भन्ने सिकाउन सकिन्छ ।
७. बच्चाहरूसँग घरबाहिर जाँदै हुनुहुन्छ भने उनीहरूलाई बाहिरी वातावरणका बारेमा आफूलाई जानकारी भएसम्मका इतिहास, भूगोेल तथा अन्य जानकारी दिनु राम्रो हुन्छ ।
नयाँ पत्रिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतङ्क मच्चाएको आरोप
-
एकै परिवारका तीन बालबालिकाको डुबेर मृत्यु
-
ढोरपाटन–तकसेरा सिधा सडक सञ्चालनमा
-
‘जनधनको क्षति न्यूनीकरणका लागि सरकार तयारीमा अवस्थामा छ’
-
दीपाश्री बिरामी भएपछि अब के हुन्छ ‘कमेडी नाइट विथ च्याम्पियन’ ?
-
गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण