आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

दसैँमा यस्तो मेकअप

बुधबार, १९ असोज २०७३, १३ : ११
बुधबार, १९ असोज २०७३

दसैँ परिवार, आफन्तजन र पुराना मित्रहरूसँग भेटघाट तथा रमाइलो गर्ने अवसर हो । नेपालीहरूको महान् चाडमा टीका तथा जमराका साथमा आशीर्वाद थाप्न विभिन्न स्थानमा जानुपर्ने हुन्छ । यस्तो वेलामा सबैले आफ्नो व्यक्तिगत सरसफाइ, पहिरन तथा सौन्दर्य कायम राख्न विशेष ध्यानु दिनुपर्ने हुन्छ । त्यसमा पनि विशेषगरी महिलाले डेसअपअनुसार अनुहार, छाला, कपालको सुरक्षा तथा मेकअप गर्नुपर्ने हुन्छ । दसैँको समयमा महिलाहरूले आफ्नो सुन्दरता कायम राख्न गर्नुपर्ने मेकअप टिप्सका बारेमा ट्रेन्ड सेटर्सका म्यानेजर धनेश खड्का यसो भन्छन्ः

  •  दसैँमा सामान्यतया फूलपातीको दिनसम्म पार्लरहरू खुला नै हुन्छन् । सो दिनसम्म ब्युटिपार्लरमा गएर आफ्नो इच्छाअनुसार मेकअप गर्न सकिन्छ । टीकाको दिनसम्म उपयुक्त हुने गरी स्किनअनुसार फेसियल, हेयर कट, हेयर ट्रिमिनिङ, आई ब्रोस थे्रडिङलगायत शरीरमा भएका अनावश्यक रौँ फाल्न हेयर वाक्सिङ तथा हेयर रिमुभर प्रयोग गर्नु

    राम्रो हुन्छ ।

  • दसैँमा विभिन्न शक्तिपीठ दर्शन गर्न टाढाका मठमन्दिरमा पनि जानुपर्ने हुन्छ । धर्मकर्म तथा परम्परा मान्न पनि बाहिर निस्किरहनुपर्ने भएकाले आफ्नो सौन्दर्य निखार्न छालालाई सफा पानीले धुनुपर्छ । त्यस्तै, सनब्लकको प्रयोग गर्ने तथा सिटम (क्लिन्जिङ, एक्फ्लोटिङ, टोनिङ, मोस्चराइजिङ ) गर्नु पनि उपयुक्त हुन्छ ।

  • सनब्लकमाथि हल्का फाउन्डेसन अथवा बिबी क्रिम-सिसी क्रिम-डिडी क्रिम प्रयोग गर्नुपर्छ । बिबी क्रिम नरम हुन्छ भने सिसी क्रिम अलि कडा र डिडी क्रिम सबैभन्दा कडा क्रिम हो । छालाको प्रकृतिअनुसार क्रिमले छालाको दाग छोप्न मद्दत गर्छ ।

  • आफ्नो छालाको रङअनुसार ट्रान्स्लुसेन्ट फेस पाउडर प्रयोग गर्नुपर्छ । छालाको प्रकारअनुसार लुज अथवा कम्प्याक्ट ट्रान्स्लुसेन्ट पाउडर प्रयोग गर्न सकिन्छ ।आँखा तथा ओठको मेकअप समय तथा पहिरनअनुसार फरक–फरक गर्नुपर्ने हुन्छ । दिउँसो म्याच रङ प्रयोग गर्नुपर्छ ।

  • अनुहारमा जीवन्तता, स्वस्थपन र गुलाबीपन ल्याउन रातो, रानीजस्तो ब्लसर प्रयोग गर्नुपर्छ । अनुहारलाई सेप दिन सेपिङ र काउन्टोरिङ गर्नुपरेमा छालाको रङभन्दा दुई–तीन सेट, डार्क ब्लसर प्रयोग गरी फेस काउन्टोरिङ गर्न सकिन्छ । साथै, हाइलाइटर पाउडर पनि प्रयोग गर्न सकिन्छ ।

  • दसैँमा घरेलु कामकाज बढी हुने कारण छालाको सफाइ र मेकअपमा विशेष ध्यान दिनुपर्ने हुन्छ । त्यसैले सफा स्वस्थ खानाका साथै सफा पिउने पानी प्रत्येक दिन आठ गिलास पिउनुपर्छ । साथै, हलुका व्यायाम गर्नु पनि राम्रो हुन्छ ।

  • प्रत्येक दिन सुत्नुअघि अनुहारको छालाको सरसफाइ अथवा सेटोम गर्नुपर्छ । बजारमा पाइने रेडिमेड कस्मेटिक्स अथवा होममेड प्रसाधन पनि प्रयोग गर्न सकिन्छ ।

  • नयाँ पत्रिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप