चाडबाडमा रक्सी पिउँदै हुनुहुन्छ ? ख्याल गर्नुस् डाक्टरका १२ टिप्स
सात्विक, राजसी र तामसी गरी खानालाइ तीनप्रकारमा विभाजन गरिएको छ । सात्विक भोजन भनेको सादा खाना हो, जुन परापूर्वकालमा योगी, ऋषिमुनिले प्रयोग गर्ने गर्थे । अहिले पनि यो प्रयोगमा छ । राजसी भोजन भनेको राजामहाराजाले प्रयोग गर्ने भोजन हो । त्यस्ता खानामा विभिन्न परिकार पर्छन् । त्यस्तै तामसी भोजन भनेको हाम्रो शरीरलाई हानि गर्ने भोजन हो । विभिन्न प्रकारका मदिरा, चुरोट, खैनी, गुट्खा, पान, पुकार, खैनी आदिजस्ता खानेकुरा नै तामसी खानेकुरा हुन् । यसले हाम्रो शरीरलाई हानि मात्र गर्छ । कुनै फाइदा हुँदैन । तैपनि मानिसले नशाका रुपमा क्षणिक रमाइलोका लागि यस्ता खाना खाने गर्छन् ।
- सिधै रक्सी खानुस् भनेर कसैले पनि सुझाव दिन सक्दैन । तर, यदि तपाईं वर्षौदेखि रक्सी खाइरहनुभएको छ भने बिस्तारै र धेरै कुरा सोचविचार गरेरमात्र खानुस् ।
- एकैपटकमा रक्सी छाड्न सकिँदैन । यसले अर्को साइड इफेक्ट निम्त्याउँछ । एउटा लामो प्रोसेसमा मात्र रक्सी छाड्ने विचार गर्नुस् ।
- जति सक्यो कम खानुस् । ठिकै छ चाडबाड, जमघटमा खाउँ र बिस्तारै छाड्दै जान्छु भनेर आफैँसँग एउटा प्रतिबद्धता गर्नुस् ।
- रोग प्रतिरोधात्मक क्षमता हरेक व्यक्तिमा फरक–फरक हुन्छ । रक्सी छाड्नका लागि सबैमा एउटै तरिकाले फिट गर्दैन । त्यसैले डाक्टरको सल्लाह र प्रत्यक्ष निगरानीमा रहेरमात्र रक्सी छाड्ने उपाय अपनाउनुस् ।
- तामसी खाना कममात्र खाने र बाँकी सात्विक खानाले पेट भर्ने बानी विकास गर्नुस् ।
- रक्सीमा टक्सिन भन्ने एकप्रकारको पदार्थ मिलाइएको हुन्छ । यो पदार्थ मानव शरीरको कोष र सेलमा गएर बसेको हुन्छ । यसले एकैपटक असर गर्दैन, बिस्तारै मानिसका सेल र कोषमा रहेका रोग प्रतिरोधात्मक गुणलाई असर गर्दै जान्छ । रक्सीले तत्कालै केही असर गरेकोजस्तो देखिँदैन तर बिस्तारै मन्द विषजस्तै गरेर यसले शरीरमा असर गरिरहेको हुन्छ ।
- कसैलाई एक प्याक खाँदा पनि लाग्छ, कसैलाइ चार बोतल खाँदा पनि लाग्दैन । त्यसैले आफ्नो शक्ति आफैँ जज गरेर, यतिसम्म मेरो शरीरले धान्न सक्छ भनेरमात्र रक्सी पिउँदा राम्रो हुन्छ ।
- युरिक एसिडको प्रमुख दुस्मन रक्सीजन्य पदार्थ हो । ८.५ युरिक एसिड भएका व्यक्तिले रक्सी प्रयोग गरेमा दुई दिनमै १० पुग्न सक्छ र किड्नीलाई असर गर्न सक्छ । मुटुमा पनि असर पुर्याउँछ । सुगर हुनेले रक्सी प्रयोग गर्नुहुँदैन । सबैभन्दा बढी रक्सीले लिभरलाई असर पुर्याउँछ ।
- खुट्टा लुलो हुन थालेदेखि, जिउ थर्थराउन थालेपछि रक्सी पिउन छाड्नुहोस् । रक्सीको ह्याङ किल गर्न कागतीपानी खान सक्नुहुन्छ ।
- मासु र अल्कोहल बढी प्रयोगले कुनै पनि रोग लाग्न सक्छ । परिवारका सदस्य र साथीभाइसँगको जमघटमा रक्सी र मासु खाने परम्परामाथि एकपटक पुनर्विचार गर्ने गर्नुहोस् ।
- रक्सी, मासुदेखि लिएर कुनै पनि खाना एकदमै बढी खायो भने डाइरिया, कब्जियतदेखि लिएर किड्नी, मुटुजस्ता ठूला रोगसम्म लाग्न सक्छ । ब्रेन स्लो हुन सक्छ । त्यसैले शरीरलाई ठिक्क र आवश्यक खाना मात्र खाने बानी गर्नुहोस् ।
- पानी पिउने बानी विकास गर्नुहोस् । हाम्रो शरीरमा जति धेरै पानी पिउन सक्यो उति नै बढी स्वस्थ भइन्छ भन्ने कुरा ख्याल गर्नुहोस् ।
प्रस्तुति : आस्था केसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिनी खेलाडीले किन लगाए कालो पट्टी ?
-
इन्डोर सेलिब्रेटी क्रिकेट लिग हुँदै
-
गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग
-
सरकारले अर्थसम्बन्धी विभिन्न कानुन संशोधन र खारेज गर्दै, कुन–कुन ऐनमा कस्तो संशोधन ?
-
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
-
उपचारका क्रममा प्रहरी जवानको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण