अनौठो नियम : ‘गुडमोर्निङ’ होइन महिला कर्मचारीले मालिकलाई चुम्बन गर्नुपर्ने (भिडियो)
चीनको एक कम्पनीमा आफ्ना महिला कर्मचारीलाई हरेक विहान चुम्बन गर्न लगाउने मालिकको निकै आलोचना भइरहेको छ । ती कम्पनीका मालिकले हरेक विहान आफ्ना महिला कर्मचारीहरुलाई लाइन लगाएर आफ्नो ओँठमा चुम्न लगाउँथे । उनको दाबी थियो, ‘यसले कर्मचारी र मालिकबीचको सम्बन्ध प्रगाढ हुन्छ ।’
बेइजिङको तोङझु जिल्लाको उक्त कम्पनीले रक्सी बनाउने मेसिन बेच्ने गर्छ । उक्त कम्पनीका महिला कर्मचारीहरु बिहान ९ देखि ९ः३० को बीचमा लाइन लागेर आफ्नो मालिकलाई चुम्बन गर्नुपर्छ ।
चीनको मिडियाका अनुसार शुरुमा महिला कर्मचारीहरुले आफ्नो मालिकको यो प्रस्ताव अस्वीकार गरे पनि पछि जागिरको लागि यसलाई स्वीकार गरे । ‘जसले यसलाई अस्वीकार गरे, उनीहरुले जागिर छाडेर हिँडे,’ चिनियाँ मिडियाले लेखेका छन् ।
नाम नखुलाइएको उक्त कम्पनीमा आधाभन्दा बढी महिला कर्मचारी रहेका छन् ।
मिडियामा यसको आलोचना भएपछि कम्पनीका मालिकले आफूले यो कुरा अमेरिकाको भ्रमणका क्रममा एक कम्पनीबाट सिकेको र त्यसैलाई यहाँ लागु गरेको बताए । उनले आफ्नो यो प्रयोग सफल पनि भएको दाबी गरे । ‘अहिले पनि यस कम्पनीबाट छाडेर गएका कर्मचारीहरुले मलाई वीच्याटमा म्यासेज गरेर मिस गरेको बताउँछन्,’ उनले दाबी गरे ।
चिनियाँ समाजिक सञ्जाल वेबोमा भने यसको व्यापक विरोध भइरहेको छ । केही प्रयोगकर्ताहरुले त्यस्ता कम्पनीमा काम गर्ने महिला कर्मचारीको समेत आलोचना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण