एकतर्फी प्रेम दर्साउन महिलाले अपनाइन् यस्तो तरिका, भाइरल भइन् रातारात
आफ्नो प्रेम दर्साउनका लागि मानिसहरुले विभिन्न तरिका अपनाउने गर्दछन् । तर यहाँ एक महिलाले निकै अचम्म तरिकाले आफू एक युवकको प्रेममा रहेको भनी देखाएकी छिन् । उनले उठाएको यो कदमको आजकाल सोसल मिडियामा निकै चर्चा भइरहेको छ ।
लगभग ३० वर्षीया यी महिला पर्वतारोही हुन् र आफ्नो वास्तविक नामलाई सार्वजनिक गर्न चाहन्नन् त्यसकारण उनलाई चीनियाँ मिडियाले लिंगलिंग नाम दिएका छन् ।
लिंगलिंगले एक चीनियाँ रेडियोलाई दिएको जानकारी अनुसार उनले आफूले मनपराएको व्यक्तिको विशालकाय पेन्टिंग पूर्वी चीनको एक नेशनल पार्कको चट्टानमा बनाएकी छिन् । यो चट्टान २०० मिटर अग्लो छ ।
सात मिटर लामो पेन्टिङ बनाउनका लागि लिंगलिंगले दुई महिनाको कडा मेहनत गर्नुपर्यो ।
आफूले कडा मेहनत गरेर जो व्यक्तिको चित्र बनाएकी छिन्, उनको पहिचान दिन उनले अस्विकार गरेकी छिन् । यद्यपी, थोरै जानकारी दिँदै उनले भनिन्, ‘उनी पनि एक पर्वतारोही हुन् । मैले जसमा उनको पेन्टिङ बनाएकी छु, त्यो चट्टानलाई उनले सन् २०१२ मा चढिसकेका छन् ।’
तर, तपाईंलाई सुन्दा खिन्न लाग्ला, लिंगलिंगको यो प्रेम एकतर्फी हो ।
उनले भनिन्, ‘म जतिबेला उनलाई भेट्नको लागि आग्रह गर्छु तब उनले आफ्नो तालिम वा केही काम देखाउँदै भेट्न अस्विकार गर्छन् । मलाई लाग्छ, उनी मलाई प्रेम गर्दैनन् ।’
लिंगलिंगले आफ्नो प्रेम दर्साउन जुन तरिका अपनाएकी छिन्, त्यो तरिका चीनको सोसल मिडियामा विवादास्पद बनेको छ । जहाँ कोही मानिसले उनको कदमको तारिफ गरेका छन् भने कसैले उनले नेशनल पार्कको प्राकृतिक सुन्दरतामा आँच पुर्याएको बताउँदै उनीविरुद्ध मुद्धा हाल्नु पर्ने बताएका छन् ।
एक वीबो प्रयोगकर्ताले भने, ‘लिंगलिंग, म तपाईंको प्रतिभा र प्रेमप्रति समर्पणको भावनालाई इज्जत गर्छु ।’
च्याट एप वीच्याटले यसमाथि सर्वेक्षणसमेत गरेको छ जसमा ८३ प्रतिशत मानिसले लिंगलिंगको उक्त पेन्टिङलाई त्यही चट्टानमा रहिरहन दिनुपर्ने र यसलाई स्मारक बनाउनुपर्ने भनी मत व्यक्त गरेका छन् ।
तर, सोसल मिडिया वीबोमा गरिएको एक सर्वेक्षणमा भने ७२ प्रतिशतले उक्त पेन्टिङलाई तुरुन्त हटाउनुपर्ने बताएका छन् । यता नेशनल पार्कको तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, ‘हामीले पार्कलाई मूल रुपमा राख्नका लागि यो पेन्टिङलाई हटाउने फैसला गरेका छौं ।’
लिंगलिंगले आफ्नो प्रेमलाई अविस्मरणीय बनाउनका लागि उक्त पेन्टिङलाई बनाएको भन्दै पार्कको अधिकारीले पेन्टिङलाई हटाउन गरेको आग्रहमा सहमती जनाएको बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण