पाकिस्तानी चिया बेच्ने व्यक्तिपछि यी सुरक्षाकर्मीले इन्टरनेटमा सनसनी मच्चाउँदै
केहि दिनअघि मात्र सुपरमोडलको स्वरुप भएको इस्लामावादका चिया बेच्ने व्यक्ति इन्टरनेटमा भाइरल बनेका थिए । उनले धेरैलाई आकर्षित बनाएका थिए । इन्टरनेटको पावरले उनलाई अब चिया बेच्न दिएन, उनी एक मोडलिङ एजेन्सीमा अनुबन्धित भएर मोडल भएका छन् । उनी बारे रातोपाटीले समाचार पनि लेखेको छ ।
उनीजस्तै अर्का एक व्यक्ति इन्टरनेटमा ट्रेन्ड गरिरहेका छन् । सिंगापुरका एक सुरक्षाकर्मीले संसारभरीका महिलाहरुलाई आफूतर्फ आकर्षित गर्न सफल भएका छन् ।
Meet the famous CPL (APF) Lee Minwei at Changi Airport. Say hello to our good looking officer when you see him! https://t.co/bj5yFOEwUa pic.twitter.com/CMvmKqt7Wo
— Certis CISCO (@Certis_CISCO) October 14, 2016
लि मिनवेई, सेर्टिस सिस्को नामक एक कम्पनीका कर्मचारी हुन् जसले सिंगापुरको चानी एयरपोर्टमा सुरक्षा दिने काम गर्दछ । जब सेर्टिस सिस्कोले ‘हाम्रो ह्यान्डसम आफिसरलाई देख्नुभयो भने ‘हाई’ भन्नुहोस्’ भनी लिको फोटो ट्वीटरमा सार्वजनिक गर्यो त्यतिबेलादेखि उनको फोटो भाइरल भएको हो ।
उनको चटक्क परेको अनुहारले संसारको कुना कुनामा रहेका महिलाहरुको ध्यान खिच्यो । तत्पश्चात्, चानी एयरपोर्टले लिका अन्य तस्बिरहरु आफ्नो आधिकारीक फेसबुक पेजमा सार्वजनिक गर्ने निधो गर्यो ।
उक्त फेसबुक पोष्ट १० हजार बढि सेयर भएको छ भने लगभग ७ हजार यसमा कमेन्ट छन् । कतिले उनी कुन टर्मिनलमा काम गर्छन् भनी प्रश्न गरेका छन् जसको उत्तर चानी एयरपोर्टले दिएको छ ।
महिलाहरु यी ह्यान्डसम सुरक्षाकर्मीको खुलेर तारिफ गरिरहेका छन् । केही कमेन्टहरु हेरौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण