मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुर्घटनाका यी तस्बिर हेर्दा डर लाग्दैन, हाँसो उठ्छ (१० फोटो)

शुक्रबार, ०५ कात्तिक २०७३, १३ : ५५
शुक्रबार, ०५ कात्तिक २०७३

एनुअल ग्लोबल रोड क्र्याश स्ट्याटिस्टिकका अनुसार हरेक वर्ष दुर्घटनामा लगभग १३ लाख मानिसहरुको मृत्यु हुन्छ । यसमध्ये धेरैजसोको मृत्यु खराब ड्राइभिङका कारण हुन्छ । दुर्घटनाका धेरैजसो तस्बिर यति भयानक हुन्छन् कि त्यो देखेर निकै डर लाग्छ । यद्यपी, यस्ता केही दुर्घटना पनि हुन्छन् जुन देखेर डर लाग्दै बरु हाँसो उठ्छ । आज हामी तपाईंलाई यस्तै १० हाँस्यास्पद तस्बिर देखाउँदै छौं । यो कारको ड्राइभरले सायद डुङ्गाको यात्रा छुटाउन चाहँदैनन् । ड्राइभरले सायद बिर्सिएका थिए, कार पानीमा तैरिँदैन । घरको ढोका बन्द थियो होला, त्यसैले छतबाटै निस्कियो यो कार । सायद ट्राफिक जाम थियो होला, त्यसैले ड्राइभरले छोटो बाटो अपनाउन चाहे । मानिसको दुख देखेर ड्राइभरले बसलाई नै पुल बनाइदिए, सायद । अर्को दुनियाँमा जाने बाटो त थिएनँ यहाँ ? ड्राइभरले नै बताउनेछन् । फोटो हेर्दा यस्तो लाग्छ, ड्राइभर बाटो बन्द गर्न चाहन्थे त्यसकारण यसरी तेर्साइदिए गाडी । ड्राइभरले सायद कारलाई हावामा उडाउन चाहन्थे । पार्किङका लागि ठाउँ कम थियो सायद । गल्लीको बिचबाट गाडी निकाल्नुछ भने यो गाडीको ड्राइभरलाई थाहा होला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप