किन हुन्छ पत्थरी ? थाहा पाउनुस् यसबाट बच्ने सरल उपाय
मृगौलामा पत्थरी ‘यूरिन सिस्टम’ को एक रोग हो । यो शरिरमा पानीको कमी वा क्याल्सियम को मात्रा बढ्दा हुँदा हुने रोग हो । मृगौलामा पत्थरी एकैपटक नभई बिस्तारै बन्ने गर्दछ । जब यो ठूलो हुन्छ तब मृगौला वा युरिनरी सिस्टममा यसको चालका कारण निकै पीडा, पटक–पटक बान्ता आउनेलगायतमा समस्या देखिन थाल्छ । मेदान्ता द मेडिसिटी, दिल्ली अस्पतालका असोसियट डाइरेक्टर र हेड अफ एन्ड्रोलोजी एन्ड रोबोटिक सर्जरी डा. मानव सूर्यवशंले मृगौलामा पत्थरी बढ्ने कारणको बारेमा जानकारी दिएका छन् ।
मृगौला पत्थरीका लागि जिम्मेवार कारणः
१. परिवारका कुनै सदस्यलाई भएमाः यदि परिवारमा कसैलाई मृगौला पत्थरीको समस्या भएको छ भने तपाईंलाई पनि यसको खतरा हुनसक्छ । यदि तपाईंलाई मृगौला पत्थरीको समस्या छ भने पत्थरी बढ्ने आशंका पनि हुने गर्दछ ।
२. पानीको कमी शरिरमा पानीको कमी हुँदा पनि मृगौला पत्थरीको आशंका रहने गर्दछ । गर्मी ठाउँमा बस्ने मानिसहरुलाई धेरै पसिना आउँछ, त्यस्तो मानिसहरुलाई मृगौला पत्थरीको खतरा धेरै हुन्छ ।
३. गलत खानपीनः दैनिकको खानामा आवश्यकभन्दा बढि प्राटिन वा सुगर खाँदा पनि मृगौला पत्थरीको समस्या हुनसक्छ ।
४. धेरै नुन खानुः धेरै नुन वा नुनिलो खानेकुरा खाँदा मृगौलामा क्याल्सियमको मात्रा बढ्ने गर्दछ । यसले मृगौलाको काममा नराम्रो असर पर्दछ र मृगौला पत्थरीको समस्या देखिन सक्छ ।
५. पाचनसम्बन्धि रोग वा शल्यक्रियाः इन्फ्लामेटरी बाउल डिजिज, झाडाजस्ता समस्या हुँदा वा ग्याष्ट्रिक बाइपास सर्जरी गराउँदा शरिरको पाचन प्रक्रियामा असर पर्दछ । यस्तो अवस्थामा क्याल्सियम र पानी राम्रोसँग नसोस्ने भएकाले पत्थरी हुने आशंका बढ्छ । ६. धेरै तौलः धेरै तौल हुँदा वा पेटको बोसो बढ्दा पनि मृगौला पत्थरी हुने खतरा थुप्रै गुणाले बढ्ने गर्दछ ।
बच्ने सरल उपायः
धेरै पानी पिउनुहोस्ः दिनभरी कम्तीमा पनि ७–८ गिलास पानी पिउनुहोस् ता कि शरिरमा पानीको कमी नहोस् । यदि तपाईंको पिसाबको रङ पहेंलो छ भने तपाईंले धेरै पानी पिउनुपर्छ भन्ने बुझ्नुहोस् ।
क्याल्सियम डाइटः डाइटमा दूध र दूधले बनेको खानेकुरा समावेश गर्नुहोस् । यसले पत्थरीको समस्याबाट जोगाउँछ । तर क्याल्सियम सप्लिमेन्ट लिनुपूर्व विशेषज्ञको सल्लाह लिनुहोस् । यसको धेरै मात्रा मृगौला पत्थरीको कारण बन्नसक्छ ।
नुन कम खानुहोस्ः अचार, पापड, चिप्सजस्ता नुनिलो खानेकुरा निकै कम खानुहोस् । यसमा नुनको मात्रा अत्यधिक हुने गर्दछ । खाना माथि नुन नहाल्नुहोस् ।
म्याग्नेसियम खानेकुराः डाइटमा हरियो सागपात, गेडागुडी, तिल समावेश गर्नुहोस् । यसमा भरपूर मात्रामा म्याग्नेसियम पाइन्छ । यसले शरिरमा क्याल्सियमलाई ब्यालेन्समा राखी मृगौला पत्थरीको खतरालाई कम गर्न मद्दत पुर्याउँछ ।
चिनी कम खानुहोस्ः शरिरमा सुगरको मात्रा बढ्दा क्याल्सियम र म्याग्नेसियम राम्रो सँग सोसिँदैन । यसले मृगौला पत्थरीको समस्या बढ्ने गर्दछ । त्यसकारण मिठाई, सोडा र अन्य गुलियो खानेकुरा निकै कम खानुहोस् ।
व्यायाम गर्नुहोस्ः दैनिक कम्तीमा पनि ३० मिनेट हिँड्नुहोस् वा व्यायाम गर्नुहोस् । यसले तौल र रक्तचाप कन्ट्रोलमा हुन्छ जसले मृगौला पत्थरीको आशंका घट्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण