मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेहुलीले तस्बिर सार्वजनिक गरेको भन्दै विवाहको दुई घण्टाभित्रै बेहुलाद्वारा सम्बन्धविच्छेद

मङ्गलबार, ०९ कात्तिक २०७३, ०९ : २०
मङ्गलबार, ०९ कात्तिक २०७३

एक साउदी जोडीको विवाह दुई घण्टामात्र टिकेको छ । स्न्यापच्याटमा फोटो पठाएको भन्दै ती श्रीमानले आफ्नी नवदुलहीसँग सम्बन्धविच्छेद गरेका हुन् ।

उनकी श्रीमतीले विवाह समारोहको एउटा फोटो महिला साथीलाई फोटो पठाउने एपमा पठाएको थाहा भएपछि ती दुलहाले सम्बन्धविच्छेदको लागि फाइल गरेका हुन् ।

साउदी मिडियाका अनुसार दुबैले कार्यक्रमको तस्बिर र भिडियो सेयर नगर्ने भन्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

बेहुलाका भाइले साउदी दैनिक पत्रिका ‘ ओकाज’ सँग कुराकानी गर्दै भने, ‘मेरी दिदी र उनका श्रीमानबिच विवाहपूर्व नै स्न्यापच्याट, इन्स्टाग्राम र ट्वीटरजस्ता सोसल मिडिया प्लेटफर्ममा आफ्ना कुनै पनि तस्बिर सार्वजनिक नगर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।’

उनका भाइले भने, ‘यो कुरा विवाहको करार पनि संलग्न थियो । दुर्भाग्यपूर्ण, दिदीले यो शर्तलाई पालना गरिनन् र विवाहको तस्बिर आफ्नी महिला साथीलाई स्न्यापच्याटमार्फत पठाइन् । यसैकारण उनका श्रीमानले अचम्मित गरिदिने निर्णय लिँदै विवाह रद्द गरिदिने बारे सोचे ।’ युवकको यो निर्णयका कारण बेहुलीका परिवार निकै तनावमा छन् । ‘यस्तो प्रकारको शर्त यदि थियो भने त्यो निकै अन्यायपूर्ण हो,’ उनीहरुको भनाई छ ।

उता बेहुलाको परिवारको भनाई अनुसार उनीहरुसँग सम्बन्धविच्छेदको लागि ठोस् आधार छन् ।

स्मरण रहोस्, यसै वर्षको सुरुवातमा साउदी अरबमा एक युवकले आफ्नी श्रीमती मोबाइलमा मेसेज गर्न धेरै समय बिताउने गरेको भन्दै सम्बन्धविच्छेदको फाइल दर्ता गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप