सुगाले खोल्यो पतिको परस्त्रीसँग सम्बन्धको पोल
कुवेत – कुवेतमा एक व्यक्तिलाई घरमा सुगा पाल्नु निकै महंगो परेको छ । घरमा पालेको सुगाले उनको अवैद्य सम्बन्धको पोल खोलेपछि ती व्यक्तिले कानुनी झमेला बेहोर्नु परेको छ ।
मिरर अनलाइनका अनुसार कुवेतमा भएको उक्त घटनामा सुगाले घर मालिक र काम गर्ने महिलाबीचको सम्बन्धको खुलासा गरेको हो । सुगाले ति व्यक्ति र काम गर्ने महिलाबीच भएको अन्तरंग कुराकानी पत्नीको अगाडी जस्ताको तस्तै बोल्न थालेपछि समस्या भएको थियो ।
सुगाको कुरा सुनेपछि पत्नीले सुगालाई प्रमाण स्वरुप प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्न पुगेकी थिइन् । कुवेतमा परस्त्रीगमनलाई अवैद्य मानिन्छ र त्यहाँ कडा सजाय पनि दिइन्छ । स्थानीय पत्रिकार अल सहेद दैनिकसँग कुरा गर्दै ती व्यक्तिकी पत्नीले पतिमाथि आफूलाई लामो समयदेखि शंका रहेको बताएकी थिइन् । तर, भाग्यमानी ति व्यक्तिले मुद्दा भने जिते । सुगाले टिभी वा रेडियोबाट त्यस्तो कुराकानी सुनेको हुनसक्ने भन्दै मुद्दालाई खारेज गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण