श्रीमानले घरकी सहयोगीसँग रोमान्स गर्दथे, सुगाले खोलिदियो राज
सुगाले मानिसको नक्कल गर्ने भएकाले यसलाई धेरै परिवारले पाल्ने गर्दछन् । मानिसले जे बोल्छ, त्यसलाई टपक्क टिपेर सुगाले फर्काउने पनि गर्छ । सुगा पालेको घर निकै रमाइलो पनि हुन्छ । तर कुवेतमा एक व्यक्तिलाई सुगा पाल्नु निकै महँगो साबित भयो ।
मिरर डट कमका अनुसार एक विवाहित व्यक्तिको घरको सहयोगीसँग अनैतिक सम्बन्ध थियो । श्रीमती घरमा नहुँदा उनी ती सहयोगीसँग रोमान्स गर्दथे । त्यतिबेला उनीसँग रोमान्टिक कुराकानी पनि गर्दथे जुन त्यहाँ रहेको सुगाले सुनिरहेको हुन्थ्यो ।
एक दिन यी व्यक्तिकी श्रीमती बजार गएर घरबाट फर्किइन् तब सुगाले ती सबै कुराकानी उनको अगाडि दोहोराउन लागे जुन केही बेर पहिले मालिक र सहयोगीले रोमान्स गर्दा भनेका थिए । महिलाले जब सुगाले यस्तो भनेको सुनिन् तब उनलाई केही अचम्म लाग्यो ।
श्रीमतीलाई पहिलेदेखि नै श्रीमान र सहयोगीमाथि शंका थियो त्यसकारण उनले सुगाको कुरा सुनिन् । अझ सुगाले सहयोगीको नाम नै भनेपछि उनी निश्चित भइन् । त्यसपछि सुगालाई प्रमाण बनाएर उनी पुलिससमक्ष पुगिन् । स्मरण रहोस्, खाडी मुलुकमा अवैध सम्बन्धमा दोषी पाइए जेलका साथै अन्य सजायँको प्रावधान रहेको छ ।
यद्यपी, यो घटनामा आरोपित श्रीमानको भाग्यले साथ दियो र पुलिसले सुगालाई प्रमाणको रुपमा लिन अस्विकार गर्यो । सुगााले वास्तविक रुपमा नै यी शब्दहरु ती श्रीमान्बाटै सुनेको हो कि होइन भन्ने कुरा अदालतमा पुष्टि गर्न नमिल्ने पुलिसको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण