मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

५७ सदस्यको यो परिवारको अचम्मको दीपावलीः तरकारी पकाउने प्रतियोगितादेखि बुहारी चेलीको ‘क्याटवक’ सम्म

शुक्रबार, १२ कात्तिक २०७३, १४ : ०६
शुक्रबार, १२ कात्तिक २०७३
भारतका एक परिवारले प्रत्येक वर्षको दीपावली यस्तो अचम्म तरिकाले मनाउँछन् जसका कारण यो परिवारको एक भिन्न पहिचान बनेको छ । अवधबाई साहू (७६) को ५७ सदस्यीय परिवारले आफूहरुले निकै भिन्न तरिकाले दीपावली मनाउने दाबी गर्छन् । यो निकै ठूलो संयुक्त परिवारमा १२ पुरुष, १४ महिला र ३१ बालबच्चा छन् । यीमध्ये अवधभाइका सातजना छोरा र एक छोरी, बुहारीहरु, नाती–नातिना र पनाती पनातीनालगायत सम्धी सातो बाई संलग्न छन् । यो परिवारमा एक दिनका लागि महिलाहरु घरको मुखिया हुन्छन् । यो परिवारमा हरेक वर्ष दीपावलीमा के गर्ने भन्ने बारे दशहेरादेखि नै सुरु हुन्छ । कामको जिम्मेवारी सुम्पिनका लागि एउटा कमिटी नै खडा गरिन्छ । फोन र ह्वाट्स एपमार्फत तय गरिएका कार्यक्रमको खबर पठाइन्छ । उक्त कार्यक्रमको तयारीमा बालबालिकाको विशेष भूमिका रहेको हुन्छ । यसका साथै सजावट र सर–सफाइको काम बाल बच्चाले नै गर्दछन् । पछि महालक्ष्मी आरतीदेखि आयोजना सुरु हुनेछ जुन गोवर्धन, भाइटिकाजस्ता कार्यक्रम पाँच दिनसम्म चल्छ । यो परिवारको दिपावलीको सबैभन्दा महत्वपूर्ण कुरा के छ भने यहाँ न त कुनै पटाखा पड्काउँछन् न कोही तास खेल्छन् न नै रमाइलोको लागि कोही नशाको सहयोग लिन्छन् । यी पाँच दिनभरी बच्चादेखि पुरुष सबै काममा नै रमाइरहेका हुन्छन् । तरकारी बनाउने प्रतियोगिता पनि हुन्छ जसमा महिला र बालबच्चालगायत पुरुषले पनि भाग लिनुपर्छ । पुरुष पनि तरकारी बनाउँछन् र यसका लागि तरकारी काट्ने, भाँडा धुनेदेखि सबै काम आफैं गर्छन् । एक दिन महिलालाई मुखियाको भुमिका दिन्छन् जहाँ उनीहरुले आदेश दिन्छन् भने पुरुषले काम गर्छन् । अर्थात् बिहान चिया बनाउनेदेखि घरको सर–सफाई, खाना बनाउने, भाँडा माझ्नेलगायतका काम सबै गर्छन् । घरका सबै महिलाले क्याटवाक र सांस्कृतिक आयोजनामा भाग लिनुपर्छ । अन्तिम दिन सबैलाई पुरस्कार बाँडिन्छ । घरका मुखिया अवधभाई र सातो बाईलाई साडी र श्रीफल दिएर आशिर्वाद लिइन्छ । यस दिन कुनै सरकारी अधिकारी वा समाजसेवीलाई प्रमुख अतिथी बनाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप