मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

यी महिलाका छन् २० प्रेमी र २० वटै आइफोन सेभेनः थाहा पाउनुस् उनको रोचक कहानी

आइतबार, १४ कात्तिक २०७३, १२ : ४१
आइतबार, १४ कात्तिक २०७३

चीनको लोकप्रिय ब्लगिङ साइट ‘तियान या दी दू’ मा छापिएको एक ब्लगले पूरा सोसल मिडियामा धमाका मच्चाइरहेको छ । यसमा एक छद्म नामबाट छापिएको एक ब्लग एक महिलाले आफ्नो लागि घरको बन्दोबस्त गरेको तरिकाबारे वर्णन गरिएको छ ।

‘प्राउड कियाओबा’ को नामबाट उक्त ब्लग लेखिएको छ । उनी कहानीको मुख्य पात्रको सहकर्मी भएको बताउँछिन् । कहानीको मुख्य पात्रलाई चीनियाँ मिडियाले शियाओलीको नाम दिएको छ ।

दक्षिण चीनको शहर शेनजेनमा बस्ने शियाओलीले आफ्ना सबै २० प्रेमीलाई उनको लागि आइफोन–सेभेन किनिदिन आग्रह गरिन् ।

त्यसपछि उनले सबै आइफोनलाई ‘हुई शू बाओ’ नामक वेबसाइटमा बेचिदिइन् । उनले यसबाट १,१५,०१० युआन पाइन् र त्यसलाई जम्मा गरेर आफ्नो लागि घर किनिन् ।

शियाओलीले सबै साथीहरुलाई आफ्नो घर देखाउनका लागि बोलाउँदा घर किन्नका लागि आफूले उठाएको कदमबारे जानकारी दिँदा उनीहरु तीन छक परेको प्राउड कियाओबाले आफ्नो ब्लगमा लेखेकी छिन् ।

प्राउड कियाओबा लेख्छिन्, ‘अफिसमा हर–कोही यो विषयमा चर्चा गरिरहेको छ । यो खबर जब सार्वजनिक भए, ती महिलाका पुरुष साथीहरुलाई यसविषयमा जानकारी भए के सोच्दा होलान् ?’

ब्लगमा लेखिएको छ, ‘शियाओलीको आर्थिक अवस्था निकै कमजोर थियो । उनकी आमा गृहिणी हुन् जबकी पिता आप्रवासी कामदार हुन् । उनी घरकी जेठी छोरी हुन् । आमाबुवा वृद्धावस्थामा भएकाले शियाओलीमाथि घर किन्ने ठूलो दबाब भएको हुनुपर्छ । तर अहिलेसम्म पनि उनले यस्तो तरिका किन अपनाइन् त्यो कुरा एकिनका साथ भन्न सकिन्न । ’

चीनको अर्को माइक्रो ब्लगिङ साइट वीबोमा एक ह्यासट्याग चलिरहेको छ जसको अर्थ हुन्छ, ‘२० वटा मोबाइल फोनमा एउटा घर’ जुन सबैभन्दा माथि ट्रेन्ड गरिरहेको छ । यो ह्यासट्यागलाई १ करोड ३० लाखभन्दा बढि पटक प्रयोग भइसकेको छ ।

सोसल मिडियामा थुप्रै मानिसले शियाओलीको तारिफ गरेका छन् । यस्तैमा एक प्रयोगकर्ताले लेखेकी छिन्, ‘मेरो त एकजना पनि प्रेमी छैन । यी महिलासँग त २० जना प्रेमी छन् र सबैले आइफोन खरिद गर्नका लागि पैसाप पनि दिए । मलाई पनि यस्तो कुरा उनले सिकाए हुन्थ्यो भन्ने पक्षमा म छु ।’

तर केही मानिसले भने उनको आलोचना पनि गरेका छन् । एक प्रयोगकर्ता ‘लिटिल बी’ ले लेखेकी छिन्, ‘शियाओली सबैभन्दा घृणित मानिस हुन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप