डाक्टरका कुरा : यसरी बचौँ ज्यानमारा डेँगुबाट
सोमबार, १५ कात्तिक २०७३, ०९ : २१
डेँगु रोग लामखुट्टेको टोकाइवाट सर्ने एकप्रकारको रोग हो । राम्रोसँग उपचार गरेको खण्डमा यो रोग निको हुन्छ । तर, विरामीले राम्रो उपचार पाउन सकेन भने डेँगु संक्रमणको चार हप्तामा नै बिरामीको मृत्यु हुनसक्छ । त्यसैले डेँगु रोग र यसका भ्रमहरुवारे व्यापक विमर्श हुन आवश्यक छ ।
नेपालमा डेँगु रोग सर्वप्रथम सन् २००४ मा नेपालगञ्जमा देखा परेको हो । त्यतिवेला नेपालगञ्जको वोर्डरमा यो रोग देखा परेको थियो । सन् २००७ मा डेँगु केही फैलिएको थियो । त्यसको अर्को बर्ष ४ हजार वढीलाई डेँगु देखिएको थियो । अहिलेसम्मका घटनाक्रम हेर्दा २०१० र २०११ मा सवैभन्दा बढी मानिसमा डेँगु संक्रमण देखिएको थियो । डेँगुको संक्रमण भारत, श्रीलंका, माल्दिभ्स, मलेशिया लगायतका देशमा बढी देखिन्छ । रोजगारीदेखि लिएर बिभिन्न प्रयोजनमा त्यहाँ जानेहरुले नेपालमा डेँगु भित्र्याएका हुन् । हरेक साल विश्वका १० लाख मानिस डेँगु रोगवाट संंक्रमित हुने गरेका छन् । डेँगु संक्रमित मान्छे शुरुका दिनमा उपचार गर्नको लागि आयो भने उसलाइ निको गराउन सकिन्छ । तर ,कम्प्लिकेटेड अर्थात संक्रमणको चौथो हप्तातिर मात्र अस्पताल आएमा एकातिर पैशा धेरै खर्च गर्नपर्ने हुनसक्छ भने अर्कोतिर विरामी बचाउन मुश्किल पर्न सक्छ । त्यसैले तुरुन्त अस्पताल आउनुपर्दछ । सामान्य संक्रमणको लक्षण देखापरेको अवस्थामा डराइहाल्नु पर्दैन । तर डाक्टरको निगरानीमा रहेर उपचार भने गराइरहनुपर्छ । घरमा बसेर आराम गर्न गर्नुपर्छ । प्रशस्त मात्रामा झोल पदार्थ खानु पर्छ । यस्ता हुन्छन् डेँगुका लक्षण —ज्वरो आउने र लगातार वोमिट भैरहने । —रिंगटा लाग्ने । शरीरमा कमजोरीको महशुष भैरहने । —हातखुट्टाका जोर्नीहरु दुखिरहने । —हातखुट्टा र शरीरका अन्य भागमा रातो फोका जस्तो देखिने । —टाउको र सवै शरीर दुखिरहने । यसरी हुन्छ संक्रमण डेँगु का किटाणु भएको लामखुट्टेले जस्लाइ टोक्छ उसलाइ डेँगु संक्रमण भइहाल्छ । त्यसैगरी एउटा डेँगु संक्रमित बिरामीलाइ टोकेको लामखुट्टेले अर्को स्वस्थ व्यक्तिलाइ टोक्यो भने पनि डेँगुको संक्रमण हुन जान्छ । डेँगु संक्रमणको शंका लाग्यो भने सकेसम्म छिटो स्वास्थ्यचौकीमा गएर आफ्नो रगत जचाँउनु पर्दछ । नेपालका सवै जिल्लामा रगत चेक गरेपछि कमसेकम डेँगु संक्रमण भएको छ भन्ने कुरा थाहा पाउन सकिन्छ । राम्रोसँग उपचार गर्नको लागि जिल्लाहरुमा प्रयाप्त औषधी र साधन श्रोत हुँदैन । त्यसैले सकेसम्म छिटो राजधानी आउनुपर्छ । कसरी नियन्त्रण गर्न सकिन्छ त ? —डेँगु नियन्त्रणको लागि आफ्नो घर वरपरको पर्यावरण सफा राख्नु पर्दछ । — पानी जम्न सक्ने खाल्डाखुल्डीहरु पुर्नुपर्छ । पानी जम्न दिनु हुँदैन । —लामखुट्टेले फुल पार्ने र बस्न मन पराउने टायर भित्र हो । त्यसैले आफ्ना वरपर टायर नराख्ने, राखेपनि सफा ठाँउमा सफा तरिकाले मात्र राख्ने गर्नुपर्छ । —सुत्नेवेला बच्चा र वयस्क सवैले झुलको प्रयोग गर्नुपर्छ । कोठामा लामखुट्टे नआओस भनेर औषधी छर्कीन पनि सकिन्छ । —लामखुट्टे साँझपख बढी सक्रिय रहने हुनाले साँझपख झ्यालढोका बन्द गरेमा कोठाभित्र लामखुट्टे छिर्न सक्दैन । त्यतिवेला विशेष ख्याल गर्नुपर्छ । —धेरै मानिसहरु डेँगुको वारेमा जानकार छैनन् त्यसैले डेँगु रोगको वारेमा जनचेतना जगाउन जरुरी छ । प्रस्तुतीः आस्था केसीखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीमा इन्जिनियरको रोजगारी संकट : ५० आवेदन दिँदा पनि जागिर पाएनन्
-
विमानस्थल क्षेत्रमा दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न प्रहरीले रोक्यो
-
सरकार आफ्ना कामप्रति विश्वस्त छ भने पत्रकारका प्रश्नसँग असहज किन ?
-
अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको निधन
-
मन्त्री चौधरीद्वारा हात्ती प्रजनन तथा तालिम केन्द्रकाे निरीक्षण
-
काष्ठकलाकी सफल उद्यमी विष्णुकुमारीको प्रेरणादायी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण