आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता

शनिबार, २७ असार २०८३, २३ : ०१
शनिबार, २७ असार २०८३

बागलुङ । बागलुङ नगरपालिकाले नवजात छोरीका नाममा रु १० हजारको मुद्दति खाता उपहारस्वरूप खोलिदिने घोषण गरेको छ । आर्थिक वर्ष २०८०/८१ देखि सञ्चालनमा रहेको ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत रु पाँच हजार प्रदान गरिएकामा आगामी आर्थिक वर्षदेखि उक्त रकम दोब्बरले बढाइएको हो ।

हालैको नगरसभाबाट उक्त निर्णय पारित भएको जनाउँदै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले आफ्नो पालिकामा जन्मिने छोरीका नाममा उक्त रकमको बैङ्क खाता खाेलिने बताए ।

हालसम्म ३०० जना छोरीका नाममा रु पाँच हजारका दरले रु १५ लाख जम्मा गरिएको छ । खातामा जम्मा गरिएको रकम खातावाल छोरीको उमेर २० वर्ष नपुगेसम्म निकाल्न पाइँदैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप