आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

व्यासलाई सांस्कृतिक राजधानी बनाइने

शनिबार, २७ असार २०८३, २२ : ५१
शनिबार, २७ असार २०८३

सारांश

  • व्यास नगरपालिकाले व्यास नगरलाई साहित्यिक तथा सांस्कृतिक राजधानी बनाउने घोषणा गरेको छ।
  • वेदव्याससँग सम्बन्धित सम्पदा संरक्षण गरी पहिचान सुदृढ गरिनेछ।
  • साहित्यकार, कलाकार र संस्कृतिकर्मीलाई प्रोत्साहन तथा लोकसंस्कृति संरक्षणमा जोड दिइनेछ।

तनहुँ । व्यास नगरपालिकाले व्यास नगरलाई भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै साहित्यिक तथा सांस्कृतिक राजधानीका रूपमा स्थापित गर्ने घोषणा गरेको छ ।

महर्षि वेदव्याससँग सम्बन्धित सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रचारप्रसार गरी व्यास नगरको विशिष्ट पहिचानलाई सुदृढ बनाइने नीति रहेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

नगरका साहित्यकार, कलाकार, संस्कृतिकर्मीलाई सम्मान तथा लेखनका निम्ति प्रोत्साहन गर्नेलगायत क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै नगरप्रमुख न्यौपानेले लोकसंस्कृति, लोककला, लोकभाका, लोकगीत र लोकनृत्यको संरक्षणलाई पनि प्राथमिकतामा राखिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप