डाक्टरकहाँ जाँदै हुनुहुन्छ ? यस्ता कुरामा ध्यान दिनुहोस्
चिकित्सकले लेखिदिएको औषधि सही मात्रामा र सही समयमा नखाने, अलिक फाइदा भएपछि बीचमै छाड्ने वा औषधि नखाई केही दिन हेरौँ न भन्ने गरेको पाइन्छ । यस्तो गर्नु उचित हुँदैन । मात्रा वा समय मिलाएर औषधि सेवन नगर्दा वा बीचमै छाड्दा औषधिको उचित फाइदा हुँदैन ।
आफ्नो समस्या जस्तै– रोगको लक्षण, प्रकृति, समयलगायत विषयमा चिकित्सकलाई स्पष्ट बताउनुहोस् । कतिपयको बानी समस्यालाई बढाइ–चढाइ गरेर भन्ने पनि हुन्छ । कतिपयले समस्या लुकाउँछन् । यी दुवै कुरा गलत हुन्, किनभने बिरामीको यस्तो बानीले रोग निदानमै समस्या निम्तिन सक्छ ।
बिरामीको उल्टोपाल्टो भनाइले अनावश्यक परीक्षण हुन सक्छ भने उचित उपचार नहुन सक्छ । वृद्धवृद्धालाई जँचाउन लैजाँदा साथमा गएका आफन्तले समस्याबारे बेलिविस्तार लगाउनुपर्छ । दैनिक हेरविचार गर्नेलाई समस्याबारे बढी थाहा हुन्छ । यस्तै व्यक्ति बिरामीको साथमा अस्पताल जानुपर्छ ।
बिरामीले आफूलाई कुनै औषधिको एलर्जी छ भने बताउन भुल्नु हुँदैन । पहिले नै कुनै प्रयोगशाला वा रेडियोलोजीलगायतका परीक्षण गरिएका रिपोर्ट छन् भने साथमा लिएर जानुपर्छ ।
पुरानो रिपोर्ट वा कागत–पुर्जाहरू फाल्नु हुँदैन । बरु, सबैलाई व्यवस्थित तरिकाले एकैठाउमा समेटेर राख्नुपर्छ, ताकि आवश्यक पर्दा सजिलै भेटाउन सकियोस् । आफ्नो पुरानो रोग वा समस्याबारे पनि चिकित्सकलाई बताउनुपर्छ । कुनै औषधि पहिलेदेखि नै सेवन गरिरहेको भए स्पष्ट पार्नुपर्छ । खाइरहेको औषधिको खोल या पत्ता अस्पताल जाँदा लैजानुपर्छ । चिकित्सकले लेखिदिएको प्रेस्क्रिप्सन कागज पनि साथमा राख्न भुल्नु हुँदैन ।
धेरै व्यक्तिले चिकित्सकले लेखिदिएको औषधि सही मात्रामा र सही समयमा नखाने, अलिक फाइदा भएपछि बीचमै छाड्ने वा औषधि नखाई केही दिन हेरौँ न भन्ने गरेको पाइन्छ । यस्तो गर्नु उचित हुँदैन । मात्रा वा समय मिलाएर औषधि सेवन नगर्दा वा बीचमै छाड्दा औषधिको उचित फाइदा हुँदैन ।
उदाहरणका लागि संक्रमणको उपचारमा प्रयोग हुने एन्टिबायोटिक औषधि सल्लाहबमोजिम प्रयोग नगर्दा जीवाणुहरू झन् सशक्त हुन्छन्, जसलाई एन्टिबायोटिक रेसिस्ट्यान्ट भनिन्छ । त्यस अवस्थामा सामान्य एन्टिबायोटिकले काम नगर्ने हुँदा कडा खालको एन्टिबायोटिक चलाउनुपर्ने अवस्था आउँछ तथा स्वास्थ्यमा क्षति, स्रोत र साधनको अनावश्यक प्रयोग र धेरै धनराशी खर्च गर्नुपर्ने हुन सक्छ ।
धेरैले चिकित्सकले लेखिदिएको औषधिबारे औषधि पसलमा सुझाब लिएर प्रयोग गर्ने गरेको पाइन्छ । त्यसो गर्नु उचित हुँदैन, किनभने औषधि बेच्ने मानिसलाई औषधि र सम्बन्धित रोगको बृहत् ज्ञान हुँदैन । आफूलाई कुनै कुरा स्पष्ट नभएमा, फाइदा नभएमा वा नराम्रो असर पारेजस्तो लागेमा सम्बन्धित चिकित्सकबाट नै सुझाब लिनु उचित हुन्छ ।
औषधि सेवनको मात्रा, समय आदिको बारेमा चिकित्सकसँगै राम्ररी बुझ्नुपर्छ । कहिलेकाहीँ औषधिले नकारात्मक प्रभाव (साइड इफेक्ट) पार्न सक्छ । प्रायः कुन औषधिले कसलाई त्यस्तो असर देखाउँछ, अनुमान गर्न कठिन हुन्छ । त्यसैले त्यस्तो असर देखिएमा औषधि बन्द गर्ने र तुरुन्त चिकित्सकको सुझाब लिनुपर्ने हुन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीमा इन्जिनियरको रोजगारी संकट : ५० आवेदन दिँदा पनि जागिर पाएनन्
-
विमानस्थल क्षेत्रमा दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न प्रहरीले रोक्यो
-
सरकार आफ्ना कामप्रति विश्वस्त छ भने पत्रकारका प्रश्नसँग असहज किन ?
-
अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको निधन
-
मन्त्री चौधरीद्वारा हात्ती प्रजनन तथा तालिम केन्द्रकाे निरीक्षण
-
काष्ठकलाकी सफल उद्यमी विष्णुकुमारीको प्रेरणादायी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण