मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

संसारको पहिलो रेष्टुरेन्ट जहाँ निःशुल्क खान पाइन्छ

शुक्रबार, १९ कात्तिक २०७३, ११ : २१
शुक्रबार, १९ कात्तिक २०७३

हिमाञ्चल प्रदेशको एउटा होटल आजकाल निकै चर्चित छ । गोपाल होटल एण्ड रेष्टुरेन्ट नामक यो रेष्टुरेन्टमा शहिदको परिवारले निःशुल्क खाना खान पाउँछन् । रेष्टुरेन्टमा उपलब्ध सबै खानेकुरालाई शहिदको परिवारसँग एक रुपैयाँ नतिरी खान पाउनेछन् । यदि उक्त रेष्टुरेन्टमा आराम साथ बस्न चाहन्छन् भने पनि यसका लागि उनीहरुले रकम तिर्नुपर्दैन ।

यसका साथै यो रेष्टुरेन्टमा सैनिक र उनका परिवारलाई हरेक खानेकुरामा ५० प्रतिशत छुट दिइएको छ ।

होटलको यस्तो अफरलाई धेरै मानिसहरुले नाम कमाउनका लागि यस्तो गरेको बताएका छन् । तर होटल मालिकले भने आफूले यस्तो गर्नुका पछाडि अर्कै उद्देश्य भएको बताए । उनले भने, ‘सैनिक र उनको परिवारलाई हौसला प्रदान गर्नका निमित्त हामीले यो अफर ल्याएका हौं ।’

छुट पाउनका लागि यसो गर्नुपर्नेः सैनिक पोसाकमा आएकालाई खानामा पूरा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने पोसाक बिना नै आउनेलाई २५ प्रतिशत छुट दिइएको छ । होटलको तर्फबाट दिइएको यो अफर आजकाल निकै चर्चित बनेको छ । सैनिकलाई सम्मानस्वरुप दिइएको यो छुटको अफर पहिलो हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप