मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

मण्डलामा अब ‘इजलास’ मञ्चन हुने

मङ्गलबार, ०९ असार २०८३, १२ : २७
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • थापागाउँको मण्डला थिएटरमा 'इजलास' नामक नाटक मञ्चन हुने भएको छ ।
  • विजय तेन्दुलकरको मूल लेखन रहेको यस नाटकको निर्देशन गुञ्जन दीक्षितले गरेका हुन् ।
  • यो नाटक असार १९ देखि श्रावण १० गतेसम्म मञ्चन गरिनेछ ।

काठमाडौँ । थापागाउँमा अवस्थित मण्डला थिएटरमा नाटक ‘इजलास’ मञ्चन हुने भएको छ । गत आइतबार (७ असार)मा ‘लाहुरी भैँसी’ नाटकको मञ्चन सकाएसँगै मण्डला ‘इजलास’को तयारीमा जुटिसकेको छ ।

मूल लेखक विजय तेन्दुलकर, भावानुवाद विजय विस्फोट (जे.बी. देउजा) रहेको नाटकका निर्देशक गुञ्जन दीक्षित हुन् । नाटक असार १९ देखि श्रावण १० गतेसम्म मञ्चन हुनेछ ।

भर्खर सकिएको नाटक ‘लाहुरी भैँसी’ गत जेठ २२ गतेदेखि नियमित मञ्चनमा थियो । नेपाली ग्रामीण समाजको जीवन, सङ्घर्ष, सपना र सामाजिक यथार्थ समेटिएको नाटकका निर्देशन अनुप न्यौपाने रहेका थिए ।

प्रसिद्ध कथाकार रमेश विकलको कथामा आधारित यस नाटकलाई संयोग गुरागाईँले नाट्य रूपान्तरण गरेका हुन् । ए. जे. बब स्टुडियो तथा क्रुक इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा मञ्चन भएको नाटकमा नवीन ख्युङ्बा तामाङ, सुष्मिता कार्की, भास्कर बुढा, प्रेम देव विश्वकर्मा, मोहन भण्डारी, सन्देश पाण्डे, रोशन कायस्थ, सुनिल राई, अमृत सुनार, तरुण देउवा, श्रेया श्रेष्ठ, समीर भट्टराई, ज्योत्स्ना घिमिरे, मेलिना राई, अनुष्का कार्की, पाल्देन घिसिङ, सेजल गौतमलगायतले अभिनय गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप