डाक्टरको कुरा : स्वस्थ जीवनका लागि यस्तो रुटिन चाहिन्छ
शनिबार, २० कात्तिक २०७३, १६ : ०१
जो कोहीको चाहना हुन्छ, स्वस्थ जीवन । तर, स–साना गल्तीले मान्छे आफैँ रोगी बनिरहेको हुन्छ । व्यक्ति रोगी हुनुमा दोष आफ्नै हो । हरेक दिन स्वस्थ जीवन जिउनका लागि हरेक बिहानको गतिविधिले ठूलो महत्व राख्छ । बिहानको कर्मले दिनभरको कर्ममाथि भूमिका खेलिरहेको हुन्छ । त्यसैले हरेक बिहान स्वस्थ जीवनका लागि यस्तो रुटिन बनाउन डा. लोचन कार्कीले सुझाब दिएका छन्ः
हरेक बिहान सूर्योदयअगाडि नै उठिसक्नुहोस् । उठ्ने समय सधैँ एउटै कायम गर्नुहोस् । फरक–फरक समयमा उठ्ने बानीले दैनिकीलाई नियमित बनाउँदैन । बिहान सबेरै उठ्दा दिनभरको प्लान बनाउन पनि सजिलो हुन्छ । ढिलो उठ्दा हरेक कुरा हतार–हतारमा हुन्छ र दिनभरको प्लान बनाउनै समस्या पर्छ । हतारमा गरिने कामको प्रतिफल राम्रो आउ“दैन भने तनावले स्वास्थ्यमा पनि असर गर्छ ।
उठिसकेपछि ओछ्यानमै समय बिताउने काम नगर्नुहोस् । आजभोलि बिहान ब्युँझिएपछि ओछ्यानमै बसेर मोबाइल चलाउने, अनलाइनमा समाचार हेर्ने, गेम खेल्ने, टिभी हेर्ने अधिकांशको बानी हुन्छ । यो बानी त्याग्नुहोस् । बिहान समयमा ब्युँझिएपछि तत्काल ओछ्यान छाड्नुहोस् । बिहान–बिहानै ओछ्यानमै बसेर यस्ता कुरामा भुल्दा मुड फ्रेस हुन पाउँदैन ।
उठेलगत्तै एक गिलास मनतातो पानी पिउनुहोस् र बाथरुम जानुहोस् । उठेलगत्तै नित्यकर्म गर्नै पर्छ । कतिपय व्यक्ति ट्वाइलेट लागेको छैन भन्दै बाथरुम नगएर अरू कामतिर लाग्छन् । बिहान उठेलगत्तै ट्वाइलेट बस्ने बानी बसाल्नुहोस् । बरु धेरै समय लागोस् तर, पहिले शरीरभित्र जम्मा भएको बेकार फाल्नै पर्छ । यसले शरीरलाई फुर्तिलो पार्छ । अनावश्यक चिज राखेर स्वास्थ्यलाई फाइदा पुग्दैन ।
लङ ट्वाइलेट सकेपछि चिसो या मनतातो पानीले पूरै शरीर हल्का पखाल्नुहोस् । यसो गर्दा शरीर चंगा हुन्छ । सुतेर उठेपछि हरेक बिहान शरीरलाई नयाँ कामका लागि सक्रिय पार्न पनि यो काम गर्नै पर्छ । नुहाइसँग बिहानी सरसफाइको सबै काम सक्नुहोस् ।
बाथरुमबाट फर्किएपछि भान्सामा छिर्नुहोस् । टिभी रुमतिर छिरेर चियाकफी अर्डर गर्ने बानी हटाउनुहोस् । चिया पिउने बानी छ भने आफैँ बनाएर पिउनुहोस् । आफँै भान्सामा सक्रिय हु“दा शरीर फुर्तिलो हुन्छ । बिहान दूधचिया नखानुहोस्, कालो चिया राम्रो हुन्छ ।
बिहानको समयमा हल्का डाइट आवश्यक पर्छ । केही मौसमी फलफूल काटेर खानुहोस् । चिल्लो, पिरो, मसलेदार खाना बिहान नखानु राम्रो हुन्छ ।
अब मेडिटेसनतिर लाग्नुहोस् । हरेक बिहानीको मेडिटेसनले मानसिक र शारीरिक दुवै स्वास्थ्यमा भरपूर फाइदा गर्छ । मुख्यतः मेडिटेसनले श्वासप्रश्वास सही राख्न भूमिका खेल्छ । नियमित १५ मिनेटजति मेडिटेसन गर्नुहोस् ।
शारीरिक मोटोपन नियन्त्रणमा राख्न र शरीरिभित्रका टक्सिन बाहिर निकाल्न हरेक बिहान पसिना निस्किने गरी दौडिनु पनि जरुरी हुन्छ । मेडिटेसन सकेपछि मर्निङवाकमा निस्कनुहोस् । नियमित कम्तीमा आधा घन्टा मर्निङवाक गर्नुहोस् ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
-
लुम्बिनीमा धान रोपाइँ ५९.९४ प्रतिशत
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
तराई नजिक मनसुनको न्यून चापीय रेखा : तीन प्रदेशमा भारी वर्षाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण