ताप्लेजुङमा बन्ने भयो, नौ वटा स्थानीय तह
ताप्लेजुुङ - ताप्लेजुङ जिल्लाका लागि एक नगरपालिकासहित नौ वटा स्थानीय तहको प्रस्ताव गरिएको छ । जिल्लास्थित स्थानीय तह पुनःसंरचना प्राविधिक समितिले एक नगर र आठ वटा गाउँपालिका रहनेगरी शनिबार आयोग समक्ष प्रस्ताव गरेको हो ।
राज्य पुनःसंरचना जिल्ला प्राविधिक समिति संयोजक तथा स्थानीय विकास अधिकारी राजेश गौतमका अनुसार जिल्लामा क्रियाशिल राजनीतिक दल समेतको सहमतिमा स्थानीय तहको प्रस्ताव गरिएको छ । साविकको एक नगरपालिका र ४८ गाविस रहेको जिल्लामा स्थानीय तहको संख्या र नाम तथा केन्द्रमा सहमति जुटाई आयोगमा प्रस्ताव गरिएको स्थानीय विकास अधिकारी गौतमले बताए ।
स्थानीय तह प्रस्ताव गरेअनुसार साविकको ताप्लेजुङ नगरपालिकामा हाङ्देवा, फुरुम्बु र फावाखोलालाई समेटिएको छ भने नामाकरण फुङ्लिङ गरिएको छ । यस्तै कालीखोला, सादेवा, आँखोप, साब्लाखु, लिम्बुदिन, मेहेले र सुरुम्खिमको सिदिङ्बा गाउँपालिका तथा साब्लाखु केन्द्र प्रस्ताव गरिएको छ । खेबाङ, याम्फुदिन, मामाङ्खे, पेदाङ, तेल्लोक, आम्बेगुदिन, सिनाम र सिकैंचालाई सिरीजङ्घा नाम र तेल्लोक केन्द्र भने थुम्बेदिन, चाक्सिबोटे, डुम्रिसे, तिरिङ्गे, थेचम्बु र नाङ्खोल्याङलाई याङ्वरक र थेचम्बु केन्द्र प्रस्ताव गरिएको छ ।
त्यसैगरी निघुरादिन, फुलबारी, हाङ्पाङ र चाँगेलाई समेटेर आठराई गाउँपालिका तथा हाङ्पाङ केन्द्र रहनेगरी सिफारिस गरिएको छ । त्यस्तै ढुङ्गेसाँघु, साँघु र फाकुम्बालाई मैवाखोला नाम तथा ढुङ्गेसाँघु÷साँघु केन्द्र, थिङ्लाबु, सान्थाक्रा, खाम्लुङ, लिङ्तेप, थुकिमा र नाल्बुलाई मेरिङ्देन नाम तथा सुलुम्फी मैखुडाँडा केन्द्र, पापुङ, साँबा, लिबाङ र खोक्लिङसम्म मिक्वाखोला नाम तथा साँबा केन्द्र र सावादिन, खेजेनिम, इखाबु, तोपेथोक, लेलेप, ओलाङ्चुङगोला र लिङ्खिमलाई तमोरखोला तथा सिंवा÷तापेथोक बगर केन्द्र राख्नेगरी प्रस्ताव गरिएको छ ।
पुनःसंरचना आयोगले सात देखि नौ तह बनाउन र कात्तिक २० गतेभित्र प्रस्ताव गर्न भनी दिएको परिपत्र अनुसार ताप्लेजुङमा स्थानीय तहको प्रस्ताव गरिएको जिल्ला प्राविधिक समितिका सदस्य सचिव तथा योजना अनुगमन तथा प्रशासकीय अधिकृत अम्विकाप्रसाद चौंलागाइँले बताए । यता स्थानीय तह पुनःसंरचनाका लागि काँग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलले धेरै पहल गरेका थिए । अन्ततः राजनीतिक दलले गरेको सहमति अनुसार नै प्राविधिक समितिले स्थानीय तहको प्रस्ताव गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक: ५ लाख ३८ हजारले प्राप्त गरे एसीआईडी, १ लाख ४९ हजार प्रक्रियामा
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना
-
प्रारम्भिक विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बाख्रापालनले दिलाएको सम्मान र सन्तुष्टि
-
गण्डकीमा बजेट लेखनको अन्तिम तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण