प्लेनभित्र पाँच फुटको सर्प ! लगेज राख्ने ठाउँबाट यात्रुको सिटमा जिउँदो सर्प खसेपछि भागाभाग (भाइरल भिडियोसहित)
सोमबार तोरियोनबाट मेक्सिको सिटी जाँदै गरेको एरोमेक्सिको फ्लाइट २३१ मा एक सर्प देखिएपछि बोर्डमा उपस्थित सबैजना निकै आत्तिएको बताइएको छ ।
डेली एक्सप्रेसलाई उद्धृत गर्दै इन्टरटेन्मेन्ट डट आइएका अनुसार पाँच फुट अग्लो हरियो भाइपर लगेज राख्ने ठाउँबाट यात्रुको सिटमा सर्प खसेपछि त्यहाँ भागाभागको स्थिती भएको छ ।
एक विश्वविद्यालयका प्राध्यापकले उक्त सर्पलाई ब्ल्याङ्केटको सहयोगले समात्न सफल भएको बताएका छन् ।
प्राध्यापक इन्डालेसियो मेदिनाले पोष्ट गरेको भिडियो निकै भाइरल भइरहेको छ । उनले निकै रोचक ढङ्गले भिडियो पोष्ट गरेका छन् । भिडियोको क्याप्सनमा उनले लेखेका छन्, ‘उडिरहेको सर्प । एरोमक्सिको फ्लाइट २३१ को निकै अचम्मको अनुभव ।’
उनले पछि सोसल मिडियामा लेखेका छन्, ‘मैले उक्त सर्पलाई ब्ल्याङ्केटको सहायताले समात्नु परेको थियो । र केही क्षणका लागि म्यागजिन पढ्न दियौं ।’
यसबारेमा उक्त एयरलाइन्सले केही प्रतिक्रिया दिएको छैन । प्लेनमा सर्प कसरी छिर्यो भन्ने विषयमा कसैलाई केही पत्तो छैन ।
La vibora voladora...ja ja ja. Una experiencia única en el Vuelo Torreón-México, vuelo 231 de Aeroméxico. Eso si...Prioridad en aterrizaje. pic.twitter.com/qwDk6Wtszw
— Indalecio Medina (@Inda_medina) November 6, 2016
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण