ह्वेलले बान्ता गर्दा तीन माझी करोडपती !
ओमानका तीन माझी रातारात करोडपती बने । अचम्मको कुरा त के छ भने ह्वेलले बान्ता गरेपछि यी तीन माझी करोडपती बन्नका हुन् ।
एम्बरग्रिस नामले चिनिने ह्वेलको यो बान्तामा निकै महँगो मैन पाइन्छ । यी तीन माझीलाई यो मैनको सट्टा २५ लाख अमेरिकी डलर पाउने भएका छन् ।
गत अक्टोबर १० तारिखमा ४० वर्षीया खालिद अल सिनानीलगायत अन्य दुई माझीले कुरायत प्रान्तको समुन्द्री तटमा ह्वेलले बान्ता गरेको मैन तैरिरहेको भेटेका थिए ।
‘हामीलाई त्यसलाई आफ्नो ढुङ्गामा ल्याउनका लागि डोरीको सहायता लियौं,’ खालिदले टाइम्स अफ ओमानलाई बताए ।
‘पहिला मलाई बताइएको थियो कि एम्बरग्रिस निकै गन्हाउँछ । सुरुमा यसको गन्ध राम्रो थिएन तर दुई दिनपछि यो आफैं बास्नादार भयो । हामी खुसीले पुनः समुन्द्रको तटमा गयौं,’ उनले भने ।
८० किलोको एम्बरग्रिसलाई एउटा बक्समा बन्द गरेपछि त्यसको पहिचानका लागि विशेषज्ञलाई बोलाइयो । समुन्द्रमा भेटिएको उक्त पदार्थ एम्बरग्रिस नै भएको पक्का भएपछि उनीहरुले सुकाएर बेच्नका लागि त्यसलाई काट्न सुरु गरे । खालिदका अनुसार यसलाई बेचेपछि आउने पैसाले रियल स्टेटको क्षेत्रमा आफ्नो करियर बनाउने सोच छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो
-
मेस्सीले दुई खेलमा पाँच गोल गरेसँगै ७८ वर्षअघिको त्यो चुनौतीपूर्ण रेकर्डतिर फुटबलप्रेमीकाे ध्यान
-
मण्डलामा अब ‘इजलास’ मञ्चन हुने
-
कोइला–ग्यास निर्यातले मानवअधिकार उल्लङ्घन गरेको भन्दै अष्ट्रेलियाविरुद्ध संयुक्त राष्ट्रसंघमा मुद्दा
-
होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण