एउटै घरमा भेटियो १०० किलो सुन
फ्रान्स– यहाँ एक व्यक्तिको घरमा एक सय किलो सुन भेटिएको छ । ती व्यक्तिलाई उक्त घर उनका नातेदारले उपहारका रुपमा दिएका थिए । नातेदारबाट उपहार पाएका व्यक्तिले घर बेच्ने सोच बनाईसकेका थिए । वारिसको घरको फर्निचर, बाथरुम, कपडाको तल लुकाएर राखेर एक सय किलो सुन भेटिएको हो । यसको मुल्य करीव ६० लाख डलर छ । लिलामी गर्ने व्यक्ति निकोलस फीयरफाटले समाचार एजेन्सी एएफपीको बताएका छन कि, ‘त्यहाँ सुनका ५ हजार सिक्का, १२ किलो सुनको डल्ला र एक–एक किलोका ३७ वटा विस्केट मिलेका छन् ।’
सुन यसरी लुकाइएको थियो कि, त्यसलाई देख्न सक्ने अबस्था थिएन ।
जव घरको नचाहिने बस्तु हटाउन शुरु गरियो, त्यसबेला सुनका सिक्का भेटिएका थिए ।
रक्सीको बोटलमा लुकाएको सुन पनि भेटिएको छ । घरका नयाँ मालिकले भेटिएको सुनको सूचि बनाउन आफ्ना वकिललाई भनेका छन् ।
घरमा भेटिएका कागजपत्रका आधारमा सुन १९५० देखि १९६० मा कानुनी तरिकाले किनिएको थियो ।
घरका असली मालिकको मृत्य भैसकेको छ । स्थानीय अखवार डेपेचेका अनुसार खजनाले भाग्यको चावी लिएर आएको होला, तर यसको चर्को मुल्य चुकाउन पर्न सक्छ । सुन भेटाएका व्यक्तिले ४५ प्रतिशत कर तिर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण