सस्ता स्मार्टफोनका यस्ता छन् खतरा
सोमबार, १३ मङ्सिर २०७३, १२ : ३२
स्मार्टफोनमा ग्राहकको आकर्षण बढेसँगै मोबाइल उत्पादक कम्पनी सस्तो मूल्यमा स्मार्टफोन उपलब्ध गराउन प्रतिस्पर्धा गर्न थालेका छन् । यसको प्रत्यक्ष लाभ स्मार्टफोन उपभोक्ताले लिन सक्छन् । बजारमा निस्किएका धेरै स्मार्टफोनमध्ये आफ्ना लागि उपयुक्त मोबाइल छनोट गर्न धेरै विषयमा विचार पु¥याउनुपर्छ । बजारमा निकै कम मूल्यमा नै आफ्नो आवश्यकताअनुसारको स्पेसिफिकेसन भएका मोबाइल उपलब्ध छन् । तर, कम मूल्यमा धेरै सुविधा पाउने लोभमा फस्ने खतरा पनि हुन्छ । यस्ता स्मार्टफोन किन्दा कस्ता खतरा हुन सक्छन् र केमा विचार पु¥याउने ? न्यौपाने ट्रेडकी कल्पना शर्मा न्यौपानेका सुझाब यस्ता छन्ः -
उच्च मूल्यका फोनसँग नदाँज्ने
अधिकांश उपभोक्ता सोच्ने गर्छन् कि सस्ता स्मार्टफोन महँगा मोबाइलको तुलनामा थोरै मात्र कमसल हुन्छन् । यस्तो सोचले सस्तो मोबाइलमा बढी आशा हुदा निरास बन्नुपर्छ । यो सस्तो खालको स्मार्टफोन हो भन्ने कुरा सधँै याद राख्नुपर्छ । यसमा स्क्रिन रेज्युलुसन, प्रोसेसरको टाइप तथा स्पिड, ¥याम, क्यामेरा क्वालिटी, ब्याट्रीलाइफजस्ता धेरै फिचरमा कम्प्रोमाइज गर्नुपर्छ ।
फिचर्स परीक्षण गर्ने
सस्तो फोन उत्पादन गर्न कम्पनीले कपितय फिचर्स नै हटाइदिएको हुन्छ । यस विषयमा उपभोक्ताले किन्ने समयमै ध्यान दिनुपर्छ । जस्तो कि चार जिबी इटर्नल स्टोरेजको स्थानमा दुई जिबी मात्र प्रयोग गर्न सकिने हुन्छ । फोनको स्क्रिन रेज्युलुसन कम क्वालिटीको हुने, कनेक्टिभिटी, वाइफाइ, ब्लुटुथजस्ता सुविधा कमजोर हुन सक्छ ।
हार्डवेयरबारे बुझ्ने
स्मार्टफोन किन्दै गर्दा हार्डवेयर स्पेसिफिकेसन सही छ–छैन चेक गर्नुपर्छ । सस्तो भयो भन्दैमा इन्ट्री लेभलको हार्डवेयर हुनुपर्छ भन्ने हुँदैन । प्रोसेसर, ¥याम तथा उपलब्ध स्टोरेज, डिस्प्ले साइज, कनेक्टिभिटी अप्सन, ब्याट्री क्यापासिटीजस्ता कुरामा ध्यान दिनुपर्छ ।
आफ्टर सेल्स सर्भिस
धेरैजसो स्मार्टफोनमा एक वर्षको वारेन्टी सुविधा हुन्छ । तर, सर्भिस सेन्टरको उपलब्धता सहज नभएमा यस्तो सुविधाको कुनै अर्थ रहँदैन । कम्पनीले उपलब्ध गराएको सर्भिस सेन्टर आफ्नो पायकमा छ–छैन ख्याल गर्नुपर्छ । स्मार्टफोनका पार्टस् आवश्यकता भएको समयमा नपाइने केही कम्पनीको समस्या छ । त्यसैले धेरै तह तथा व्यक्तिसँग यस्ता विषयबारे जानकारी राख्दा राम्रो हुन्छ ।
ओएस भर्सन
जाँच्ने फोन किन्ने सोच बनाउँदा अपरेटिङ सिस्टम महत्वपूर्ण हुन्छ । कोही पनि चाहँदैन कि उसले चलाएको डिभाइसमा पुरानो अपरेटिङ सिस्टम होस् । याद राख्नुहोस् फरक अपरेटिङ सिस्टमका लागि फरक हार्डवेयर आवश्यक पर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
-
विश्वकपको खेल विवादमा अर्जेन्टिनी फुटबल संघको इमेल ह्याक
-
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
-
गोली चलाएर पक्राउ गरिएका लागूऔषध कारोबारीमाथि अनुसन्धान सुरु
-
केप भर्डेका गोलकिपर भोजिन्हाको सम्मानमा समुद्री जीवको नामकरण
-
साउनमा रिलिज हुँदै ४ फिल्म, भदौमा महाभिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण