काठमाडौँ उपत्यकामा आकस्मिक बाढीको उच्च जोखिम, ३१ जिल्लामा मध्यम खतरा
सारांश
- मनसुनी वायुको प्रभावले देशभर अधिकांश बादल लागेको छ र केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
- जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको उच्च र मध्यम जोखिम रहेको जनाएको छ।
- आगामी दुई दिनसम्म देशभरका नदीहरूमा बाढीको जोखिम कायमै रहने पूर्वानुमान छ र नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ।
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भू-भाग नजिक रहेको छ। देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा मधेश, कर्णाली र सुदूरपश्चिमको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ। महाशाखाले शनिबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार आज काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ।
यस्तै देशका अन्य ३१ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले उल्लेख गरेको छ। नुवाकोट, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, पाँचथर, खोटाङ, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी, कास्की, रसुवा, धादिङ, बारा, पर्सा, रौतहट, कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, प्युठान, जाजरकोट, जुम्ला, दार्चुला र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ। ती नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहने भएकाले सतर्कता अपनाउन आवश्यक देखिन्छ।
महाशाखाको आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सतर्कता तह भन्दा तलै रहेको बुलेटिनमा उल्लेख छ।
आगामी दुई दिन पनि देशभरका नदीहरूमा बाढीको जोखिम कायमै रहने पूर्वानुमान गरिएको छ। भोलि असार २८ गते र पर्सि असार २९ गते सातै प्रदेश भई बहने स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ। नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
-
विश्वकपको खेल विवादमा अर्जेन्टिनी फुटबल संघको इमेल ह्याक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण