‘यी पोर्न स्टारलाई अमेरिकाको राजदूत बनाउनुपर्यो,’ मानिसहरुको अचम्मको माग
पोर्न स्टार मिया खलिफाको साउदी अरबमा अमेरिकाको राजदूत बनाउनुपर्ने अनलाइन याचिकामा मानिसहरुले हस्ताक्षर गरिरहेका छन् । अमेरिकामा चेन्ज डट ओआरजीमाथि यो सम्बन्धि अनलाइन याचिका चलाइएको छ । यसमा अहिलेसम्म ३ हजारभन्दा मानिसले साइन गरिसकेका छन् ।
मिया खलिफाले देश र अन्तर्राष्ट्रिय समुदायलाई उत्कृष्ट बनाउनका लागि आफ्नो सांस्कृतिक पृष्ठभूमिको पर्वाह नगरी मानिसहरुलाई एकै साथ ल्याउनका लागि निकै ठूलो काम गरिरहेको यो याचिकामा भनिएको छ । याचिकामा यो पनि भनिएको छ कि उनी मध्य–पूर्व देशमा अमेरिकाको प्रतिनिधित्व गर्नका लागि एक महान नेता साबित हुनेछिन् । यो याचिका डोनाल्ड ट्रम्पले आफ्नो बचनबाट पछि हटेको विरोधस्वरुप दर्ता गरिएको बताइएको छ ।
ट्रम्पले चुनाव प्रचारको क्रममा अमेरिकामा मुस्लिमलाई अमेरिका प्रवेशमा रोक लगाउने बताउने गरेका थिए तर चुनाव जितेपछि उनले आफ्नो वेबसाइटमा यसलाई हटाइदिए । सोसल मिडियामा यो याचिकाको विषयमा निकै चर्चा भइरहेको छ । मिया थुप्रै पटक विवादमा घेरिएकी छिन् । एक पटक बुर्का लगाएर भिडियो सुट गरेका कारण इस्लाम राष्ट्रमा उनको निकै विरोध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण