नेफ्टा अवार्डको टिकट फुजेरामा सकियो
युएई – नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा आगामी २०१६ डिसेम्बर २३ गते युएईमा हुने नेफ्टा फिल्म अवार्डको नवौं संस्करणका लागि कार्यक्रममा आउने दर्शकका लागि निशुल्क यातायातको ब्यबस्था गरे पछि युएईको फुझेरामा वितरण गरेको सम्पूर्ण टिकट बिक्री भएको आयोजकले जनाएको छ ।
कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनिका राजन अधिकारीले युएईका मुख्य शहर अबुधाबी , अल्लेन , रसखेमा, फुझेराबाट आउने दर्शकलाई निःशुल्क यातायातको व्यवस्था गरिएको जनाएका थिए ।
फुजेराको टिकट ब्यबस्थापन गरिरहेका सुजन सापकोटाले फुजेराको लागि छुटाईएको सबै टिकट बिक्री भएको जनाएका छन् । आयोजकले डिसेम्बर १५ तारिखसम्म टिकट खरिद गर्ने सम्पूर्ण दर्शकलाई निःशुल्क यातायातको ब्यबस्था गरेको पहिलानै घोषणा गरिसकेको थियो ।
आयोजक अधिकारीले फुजेरा जस्तै अन्य स्थानमा पनि टिकट बिक्री अन्तिम चरणमा पुगेको जानकारी आएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप
-
२० करोड डलरको लागुऔषध तस्करीको आरोपमा बेलायती अभिनेत्री अस्ट्रेलियामा पक्राउ
-
फ्राईडे रिलिज : देशभर एक्लै ‘आइ एम जीत बहादुर’
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनको स्थलगत तयारी
-
अमेरिकाद्वारा इरानविरुद्धको समुद्री नाकाबन्दी अन्त्य
-
‘मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण