शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

पत्रकार थपलियाको निधन

आइतबार, ०३ पुस २०७३, ११ : ५३
आइतबार, ०३ पुस २०७३

काठमाडौँ - लामो समयदेखि मुखको अर्बुद रोगको उपचार गराइरहेका पर्यटन पत्रकार पुष्प थपलियाको उपचारका क्रममा आज ६८ वर्षका उमेरमा निधन भएको छ ।

गोरखा पर्यटनका संस्थापक अध्यक्षसमेत रहेका थपलियाको शिक्षण अस्पतालमा निधन भएको हो । उनको मुखकोे अर्बुद रोगको उपचारका क्रममा दुवै मिर्गौलाले समेत काम नगर्ने भएको थियो ।

पर्यटन पत्रकारितामा तीन दशकदेखि थपलिया नौ महिनादेखि उपचाररत थिए। सुरुमा मुखको अर्बुद रोगबाट पीडित भएपछि छ महिनासम्म भारतको मेदान्त अस्पतालमा उपचार गराउनुभएका थपलिया पछि डेढ महिनादेखि शिक्षण अस्पतालमा उपचाररत थिए ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप