शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

राप्रपाः मध्यमाञ्चल क्षेत्रीय भेला भक्तपुरमा

आइतबार, ०३ पुस २०७३, ११ : ५८
आइतबार, ०३ पुस २०७३

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस ६ गते मध्यमाञ्चल क्षेत्रीय भेला भक्तपुरमा गर्ने भएको छ ।

राप्रपा तथा राप्रपा नेपालको एकीकरणपछि तत्कालीन पाँचै विकास क्षेत्रमा क्षेत्रीय बैठक तथा आमासभा गर्ने निर्णयानुसार सो भेला गर्न लागिएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । भेलामा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र मध्यमाञ्चलमा रहेका १९ जिल्ला अध्यक्षको सहभागितामा पार्टी अध्यक्षले प्रस्तुत गर्ने राजनीतिक प्रस्तावमा छलफल गरी मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा दलले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा रणनीति तथा दृष्टिकोण पारित गरिनेछ ।

सोही बैठकमा जिल्ला तहमा भइरहेको एकीकरण तथा विवादका बारेमा तयार गरिएका प्रतिवेदनमाथि छलफल गरी समस्या भएका स्थानमा समाधानका उपाय खोजिने छ । यही पुस १४ गते भक्तपुरमा क्षेत्रीय सभासमेत गरिनेछ ।

पश्चिमाञ्चल क्षेत्रमा गत मङ्सिर ३० गते भेला सम्पन्न गरिएको छ । यही पुस १८ गते सुदूरपश्चिमाञ्चल, पूर्वाञ्चलमा पुस ८ गते र मध्य पश्चिमाञ्चमा पुस २० गते क्षेत्रीय भेला गरिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप