बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

व्यवस्थापिका–संसद् सचिवालयका सहसचिव कार्की सचिवमा बढुवा

बुधबार, १३ पुस २०७३, १२ : १५
बुधबार, १३ पुस २०७३

काठमाडौँ -  व्यवस्थापिका–संसद् सचिवालयका सहसचिव वीरेन्द्रबहादुर कार्कीको सचिव पदमा बढुवा भएको छ ।

सभामुख, उपसभामुख, महासचिव र सचिव रहेको व्यवस्थापन समितिको हिजोको बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सचिव सोमबहादुर थापा उमेर हदका कारण सेवानिवृत्त भएपछि खाली रहेको सचिवमा कार्कीको बढुवा भएको हो ।

संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको सचिवका रुपमा कार्यरत कार्की कार्यव्यवस्था महाशाखाको प्रमुखको जिम्मेवारीमा रहेका थिए ।

२०४७ साल भदौमा संसद् सेवामा प्रवेश गरेका सचिव कार्कीको पुर्खौली घर भोजपुरको देउरालीमा छ । उनले आजै आफ्नो कार्यभार सम्हालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप