कविता : फुपु
प्रेमराज पाण्डे
न गाथा कतै, न कथा कतै सुसुप्त बिलयोन्मुख छ यौटा नाता
तिहारमा रोटीले भरियको सोली बिसाउँदै
बा को छेउमा टुक्रुस्स बस्छ सुइय्य सुसाउँदै
दसैंको दिन मुस्कीलले बेलुकी टुप्लुक्कीन्छ
पाउना पाछा सल्टायर
त्यही हो ओझेलमा परेको वरिष्ट नाता फुपु
आमाको नन्द अमाजु हो फुपु
बा को दिदी बहिनी हो फुपु
बाजे बोइको आफ्नै छोरी हो फुपु
तर अचेल धेरै टाढा छ फुपु
तर्कारीमा त्यून हराय जस्तै
खानामा आटो हराय जस्तै
दिदी बनेर विस्तारै हराउँदै छ फुपु
मझेरीको डोको नाम्लो सँगै हुन्थ्यो फुपु
खोलाको जरुवामा घैंटो मटुलो भर्दै गर्दा भेटिन्थ्यो फुपु
धार्ने ठेकामा महि पार्ने बा को सहयोगी बन्थ्यो फुपु
आमालाई छिन्कीन, केलाउन र निफन्न सिकाउने गुरु थियो फुपु
आमा सुत्केरी हुँदा चिल्लो भात पकाउँथ्यो फुपु
दाईं र रोपाईंमा रोटी सेकाउँथ्यो फुपु
मोमो र चाउमिनसँगै भुटेका मकै जस्तै हरायो फुपु
पखेरामा च्यूरीका बिजुला खोज्दासम्म थियो फुपु
बज्यैको टाउकोमा ठुङ हान्दासम्म थियो फुपु
ढिकीमा बर्खे खर्च कुट्दासम्म थियो फुपु
खल्यानमा मसुरो चुट्दासम्म थियो फुपु
तिजमा यकसरो वरापरि पाउँदासम्म थियो फुपु
बहिनीको स्कार्फ सँगै खास्टो बनेर हरायो फुपु
दिदीको लेगिज सँगै घलेक बनेर हरायो फुपु
ताउलाभरी खरानीमा पाकेका छेउला
दाविलाले पिट्दासम्म नभै हुन्नथ्यो फुपु
साँझमा पाठा सार्न, चल्ला तोर्न र भैंसीलाई सोत्तर हाल्न चाहिन्थ्यो फुपु
तोरी छिन्न, पराल बोक्न, मकै छोडाउन चाहिन्थ्यो फुपु
कोइलावासको नुन बोक्न, तिल्केनामा बाबियो काट्न
डिँङालाई कुँडो पकाउन, परालको चकटी बुन्न चाहिन्थ्यो फुपु
बा विदेश हिँडेदेखि आमालाई गोबर पोतेको घर गनायछ
आमाले मोबाइल समातेर बजारमा डेरा सर्दा
हाम्री फुपु गाउँमा
खरका छाना जस्तै ओझेल परिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
-
अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्यो, इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण