भूटानी राजपरिवारमा अचम्मको घटना : ८ सय २४ वर्षपछि एक बालकले लिए पुर्नजन्म (भिडियो)
भुटानी राजपरिवारमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । भुटानी महारानीका दोर्जे वाङचुककी छोरी पट्टिका तीन वर्षीय नातीले आफूले पुर्नजन्म लिएको बताएका छन् ।
ट्रुयक वाङचुक नाम गरेका तीन वर्षीया बालकले ८ सय २४ वर्ष अघि आफू भारतको नालान्दा विश्वविद्यालयमा शिक्षाविद् रहेको बताएका छन् ।
उनले आफूले नालान्दा विश्वविद्यालयमा अध्ययन गरेको र त्यहाँको अवस्थाको बारेमा बताएपछि २०१७ को जनवरी १ तारिखमा उनकी हजुरआमा दोर्जे वाङचुक उनलाई लिएर नालान्दा विश्वविदालय पुगेकी थिइन् ।
ट्रुयकले नालान्दा विश्वविद्यालय भ्रमणका क्रममा आफूले अध्ययन गरेका स्थलको पहिचान गरेकोसमेत भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
ती तीन वर्षका बालकले परिवारमा आफूले नालान्दा विश्वविद्यालयको हरेक कुरा चिन्ने दाबी गरेपछि परिवारले उनलाई विश्वविद्यालय घुमाउन लगेको थियो ।
उनले त्यहाँ आफुले अध्ययन गरेको कक्षाकोठाको समेत पहिचान गरेको बताइएको छ ।
भुटानी महारानीले एक भिडियोमा आफ्नो नाती नालान्दा विश्वविद्यालयमा पहिलो पटक आएको बताँउदै आफ्नो लागि यो एक विशेष दिन भएको बताएकी छिन् ।
उनले आफ्नो नातीको रुपमा नालान्दा विश्वविद्यालयका शिक्षाविद्ले पुर्नजन्म लिएको बताउँदै विश्वकै चर्चित यो विश्वविद्यालयमा आएर आफ्नो नातीले खण्डहरहरु पहिचान गरेको बताएकी छिन् ।
आफ्नो नातीले विश्वविद्यालयको हरेक बाटो, आफुले खाना खाने गरेको स्थल सबै पहिचान गरेको उनले बताएकी छिन् ।
भुटानकी महारानीकी छोरी सोनम वाङचुकका छोराका रुपमा जन्मिएका ट्रुयक वाङचुकले भर्खर तीन वर्षमा पाइला टेकेका छन् ।
बालकले आफू ८ सय २४ वर्ष अघि नालान्दा विश्वविद्यालयको वेरोचना नाम गरेको शिक्षाविद् भएको बताएका छन् ।
यतिबेला यो खबर भारतीय टेलिभिजन च्यानलहरुमा यो खबर हट केक बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
-
सफाइ पाएपछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किइन्
-
स्वास्थ्यलाई कुन बढी फाइदाजनक, ग्रिन टी कि कालो चिया ?
-
कोटेश्वर र जडीबुटीमा यात्रु तान्ने र झोला खोस्ने काउन्टर कर्मचारी तथा चालक पक्राउ
-
विरोधका निम्ति होइन, परिणामका निम्ति प्रतिपक्षमा छौँ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण