अब मोबाइल नपड्कने : ब्याट्रीमा नै आगो निभाउने प्रविधिको विकास
मङ्गलबार, ०४ माघ २०७३, १६ : ४०
क्यालिफोर्निया – अध्ययनकर्ताहरुले आगो निभाउने प्रविधि भएको मोबाइलमा प्रयोग हुने लिथयम आयन ब्याट्रीको विकास गरेको छ । मोबाइलको ब्याट्री तातिए उक्त प्रविधिको आफै निस्किएर आगो रोक्ने बताइएको छ ।
अग्नि नियन्त्रक त्रिफिनेयल फोस्पेट (टिपिपि) ब्याट्रीको इलेक्ट्रोलाइटभित्र राखिएको हुन्छ । ब्याट्री तापक्रम १५० डिग्री सेल्सियसमाथि पुगे उक्त रसायन राखिएको सेल पग्लिएर आगो निभाउने बताइएको छ ।
परिक्षणको क्रममा केही भएर ब्याट्रीमा आगो लगे ०.४ सेकेण्डमा नै निभाउने देखाएको थियो ।
धेरै ब्याट्रीहरु लिथियम आयन ब्याट्रीबाट बनेका हुन्छन् । तर, यो आगो लाग्ने सम्भावना पनि त्यतिकै हुन्छन् ।
यो क्यालिफोर्नियाको स्टानफोर्ड विश्वविद्यालयको अध्ययन टोलीले यो परिक्षण गरेको हो । यसबारे साइन्स एडभान्सेसमा जर्नल प्रकाशित भएको थियो ।
यसअघि पनि ब्याट्रीमा टिपिपी राख्ने प्रयास भने त्यसले ब्याट्रीको प्रदर्शनमा असर गर्ने पाइएको थियो ।
ब्याट्री पड्किन थालेपछि सामसुङको ग्यालेक्सी नोट ७ लाई नै फिर्ता बोलाउनु परेको थियो ।
सन् २०१६ को फेब्रुअरीमा अमेरिकाको विमानको कार्गोमा लिथियम ब्याट्री बोक्न प्रतिबन्ध गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण