केएल टावरमा विग सेल कार्निभल, सपिङ्मा ५० प्रतिशतसम्म छुट
काठमाडौँ – राजधानीको चाबहिलस्थित केएल टावरमा बुधबारदेखि विग सेल कार्निभल इभेन्ट सुरु भएको छ । तीन साता चल्ने कार्निभल अवधिभर ग्राहकहरुले विभिन्न सामाग्रीको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने छन् । टावरले सेवाग्राहीलाई सुपथ मूल्यमा उपभोग्य सामग्री सहज रुपमा उपलब्ध गराउन इभेण्टको आयोजना गरिएको जनाएको छ ।
माघ १२ गतेबाट सुरु भएको विग सेल कार्निभल फागुन ७ गतेसम्म चल्नेछ । उक्त अवधिमा के एल टावरमा सपिङ गर्ने ग्राहकले लत्ताकपडा, जुत्ता, चम्पल, चस्मा, घडी, ब्याग कस्मेटिक लगायतका सामानमा ५० प्रतिशतसम्म छुट दिइने तथा विभिन्न आर्कषक उपहार समेत जित्न सकिने इभेन्ट संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए ।
कार्निभल अवधिभर केएल टावरमा विभिन्न आकर्षक कार्यक्रमहरुको समेत आयोजना हुनेछन् । जसमा बालबालिका र परिवारलाई दैनिक रुपमा उपहार, नि शुल्क फेस पेन्टिङ, फेशन सो, गेम सो, फ्रि नेल आर्ट, फ्रि फोटो सुट तथा विभिन्न सांगितिक कार्यक्रमहरु समेत आयोजना गरिने कम्पनीले जानकारी दिएको छ ।
टावरमा पुरुषका लागि ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानका पसल रहेका छन् । साथै, डिपार्टमेण्टल स्टोर, मल्टिप्लेक्स, फूड कोर्ट र बलिङ एण्ड गेम जोन समेत संचालनमा रहेका छन् । साढे दश तले टावरमा ५० भन्दा बढी संख्यामा स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली प्रतिनिधि खडा गरिएकाे भन्दै रास्वपा कर्णाली अधिवेशनमा विवाद
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण