विप्पा गरेर आर्थिक समृद्धिको आधारशिला तयार गरेँ : बाबुराम भट्टराई
बुधबार, १२ माघ २०७३, १७ : ५८
काठमाडौँ – नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम नभई मुलुकलाई समृद्ध बनाउन नसकिने बताएका छन् ।
संयोजक भट्टराईले पुरानो पार्टीको सोच र संरचना अनुसार मुलुकलाई अघि बढाउन नसकिने अडान पनि दोहो¥याए ।
काठमाडौंमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले अबको राजनीति विकासमूखि हुनुपर्ने आवश्यक्ता पनि औल्याएका थिए ।
भट्टराईले भारत र चीनबाट लाभ लिन सके नेपालले छिटै आर्थिक समृद्धि हासिल गर्ने पनि उल्लेख गरे । उनले आफू नेतृत्वको सरकारले भारतसँग विप्पा सम्झौता गरेर आर्थिक समृद्धिको आधारशिला तयार पार्ने प्रयत्न गरेको जिकीर पनि गरे ।
भट्टराईले बाह्य लगानी नभित्र्याई नेपाललाई समृद्ध बनाउन नसकिने तर्क पनि गरेका थिए ।
संयोजक भट्टराईले मुलुकलाई समृद्ध बनाउन युवा पुस्ता राजनीतिक नेतृत्वमा आउनुपर्ने धारणा पनि राखे ।
कार्यक्रममा बोल्दै एमाले उपमहासचिव घनश्याम भुसालले काम गर्न सक्नेलाई काम दिन राज्य सक्षम नभएसम्म नयाँ नेपाल बन्न नसक्ने उल्लेख गरे ।
उनले राज्यले काम गर्न नसक्नेलाई संरक्षण दिने नीति लिनुपर्ने धारणा समेत राखे ।
उपमहासचिव भुसालले नयाँ नेपालको चित्र कोरिरहँदा भारतसँग विगतमा भएका असमान सन्धि सम्झौताहरु पुनरावलोकन हुनैपर्ने तर्क पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली प्रतिनिधि खडा गरिएकाे भन्दै रास्वपा कर्णाली अधिवेशनमा विवाद
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण