२५ गतेभित्र सहमतिमै ६ नम्बर प्रदेशमा मुख्य मन्त्री
हेमन्त के सी
सुर्खेत । वाम गठवनधको सहमतिपछि प्रदेश नं ६ मा नेकपा माओवादी केन्द्रको भागमा परेको मुख्यमन्त्री सहमतिमै छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको बताएको छ ।
मुख्य मन्त्रीको छनोटका लागि अहिले माओवादी केन्द्रका नेता तथा ६ नम्बर प्रदेशका इन्चार्ज शक्तिबहादुर वस्नेत र अर्का नेता जनार्दन शर्मा सुर्खेतमा छलफलमा व्यस्त छन् । सहमतिमै टुङ्ग्याउनका लागि बस्नेत र शर्मा सुर्खेतमा आएको माओवादी केन्द्र ६ नम्वर प्रदेशले बताएको छ ।
मंगलवार विहान मुख्य मन्त्रीको छनोटका लागि शक्तिबहादुर वस्नेत र जनार्दश शर्मा वीच गोप्य छलफल समेत भएको थियो । मुख्य मन्त्री छनोटको सहजीकरणकै लागि वस्नेतकै आग्रहमा शर्मा सुर्खेत आएको माओवादी केन्द्रले बताएको छ । मंगलबार दिउँसो भएको पत्रकार सम्मलेनमा माओवादी नेता जनार्दन शर्माले सहमतिमै मुख्य मन्त्री छनोट हुने बताए ।
राष्ट्रियसभाको निर्वाचनतर्फ सबैको ध्यान गएकोले २६ गतेभित्र मात्र सार्वजानिक हुने स्रोतको दावी छ । मुख्यमन्त्रीको टुङ्गो सहमतिबाटै अन्तिम चरणमा पुगिसकेको स्रोतको दावी छ ।
वस्नेत र शर्माले फरक फरक व्यक्तिलाई अगाडी सारेको भनिए पनि अहिले दुवै नेता एकै ठाउँमा आएको स्रोतको दाबी छ ।
मुख्यमन्त्रीको दाबी गरिरहेका संसद् नरेश भण्डारीले पार्टी नेतृत्वले नै मुख्यमन्त्री बनाउने वचन दिएकाले प्रदेशसभामा आएको र यसमा शुरुदेखि नै आफ्नो दाबी रहेको बताउँदै उनले पार्टी नेतृत्वले आफ्नै पक्षमा न्यायीक निर्णय गर्नेमा ढुक्क रहेको जानकारी दिए ।
संसद महेन्द्र बहादुर शाहीले पनि आफू मन्त्री भइसकेकाले अन्य पदमा बस्न नचाहेकाले पार्टीले नै मुख्यमन्त्री बनाउने आश्वासन दिएकाले मात्र प्रदेशसभामा आएको बताए । प्रतिस्पर्धाभन्दा पनि पार्टीले आफ्नो पक्षमा नै निर्णय गर्ने उनको भनाइ थियो । मुख्यमन्त्रीका लागि भने संसद्द्वय भण्डारी र शाहीले नेतृत्वसँग लविङ बढाइरहेका छन् ।
१० वर्ष भित्र छ नम्बर प्रदेश १ नम्बर हुने शर्मा
अहिले ५२ प्रतिशत गरिब भएको छ नम्वर प्रदेश १० वर्ष भित्र १ नम्वर प्रदेशको रुपमा देखाउने योजना रहेको माओवादी नेता जनार्दश शर्माले बताए ।
यहाँको जलस्रोत, पर्यटन, कृषि, खनिजपदार्थ लगाएतको उचित प्रयोग गरि अगाडि वढ्ने खाका आफूहरुसँग भएकाले १० वर्ष भित्र धनी प्रदेश हुने उनले वताए ।
प्रेस सेन्टर ६ नम्बर प्रदेशले गरेको पत्रकार सम्मलेनमा वोल्दै नेता शर्माले यस्तो वताएका हुँन् । यहाँको स्रोत र साधनलाई सहि रुपमा प्रयोग गर्ने योजनाको अभावमा ६ नम्वर प्रदेश पछि परेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण